डोल्पा : ठुलीभेरी नगरपालिका ३ दुनैका बाढीपिडीतले नगद राहात समेत पाएका छन । डोल्पा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरी रहेका सासद धन बहादुर बुढाले तत्कालको लागि सान्त्वना स्वरुप नगद राहात प्रदान गरेका हुन । गएकाे असार २१ गते बाढीले घरवार बिहिन भएका ८ घरपरिवारलाइ नगद १२ हजार ५ सयका दरले राहात प्रदान गरेका छन । जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले घरबार गुमाएका ६ जना परिवारलाई नगद प्रदान गरे भने बाँकी २ घरपरिवारले बिभिन्न कारणबस उपस्थीत हुन नसक्दा उहाँहरुकाे समय मिलेकाे बेलामा प्रदान गर्ने जिल्ला समन्वय समितिका प्रमुख रोकायाले बताए । प्रमुख राेकायाले भने म निकै दुखी छु पहिलेको जिल्ला बिकास जस्तो भए सबै ब्यबस्थापन गर्ने थिए तर पनि आफुले सकेको सबै सहयोग गर्न हरदम तयार रहेको बताए ।
असार २१ गते आएको बाढिले सामान्यतह दुइ दर्जन भन्दा धेरैको क्षति भएको तथ्याङ्क भएपनि पूर्ण रुपमा भने ८ घरपरिवार रहेका छन । हाल सम्म राहात बितरण गर्दा बाढीबाट धेरै प्रभाबित रहेका ७ घर परिवारलाइ बितरण गर्ने गरेको हुदा पूर्व राज्य मन्त्री बुढाले पनि सोहि अनुसार पिडितहरुलाइ शान्तवनाका लागी नगद प्रदान गरेको बताए । यो नगद राहात राज्यको नभएर घरबार गुमाएका परिवारहरुलाइ आफुले स्वयछिक दिएको बुढाले दाबी गरे । बुढाले भने अहिले मैले सामान्य सहयोग मात्रै गरेको बाढीबाट क्षेति ब्यहोरेका सबै नागरिक समान छन तर पनि घरवार गुमाएकाहरुलाइ सबैले सहयोग गर्न जरुरी छ र सोहि अनुसार सहयोग गरेको हु ।
अहिलेको नगद भन्दा पनि शान्ती टोल लगायत दुनै क्षेत्रमा बाढिको कारण जोखिममा रहेका बस्तिको लागी सुरक्षित अनि दृर्घकालीन रुपमा ब्यवस्थापनका लागी आफु अहोरात्र लागि रहेको र तत्काल त्यो योजना सफल हुनेमा बिश्वस्त रहेको बुढाले दाबी गरे । उनले भने दुनै क्षेत्रका बाढीको जोखिममा रहेका नागरिकलाइ सुरक्षित बनाउछु त्यसपछि दुनैका नागरिकले बाढि र पहिरो तथा भेरीको जोखिम मोलेर बस्नुपर्ने अबस्था आउने छैन । अघिल्ला दुइ बर्षमा झण्डै पौने अर्बमा दुनैको भेरी नदिमा तटबन्द हालेपछि बजार सुरक्षित रहेको र अब वारीपारीका पाखाहरुबाट आउने बाढी नियन्त्रणका लागि चेक ड्याम तटबन्द र अन्य सुरक्षाका उपाय समेत अबलम्बन गरी बस्ति सुरक्षित बनाई नागरिकलाइ ढुक्क सँग बस्न मिल्ने बनाउनेमा बिश्वस्त रहन जनतालाइ आग्रह गरे । यो आर्थिक बर्षमा आफनो पहिलो एजेन्डा रहेको र डोल्पाका नागरिको पिडा नै आफ्नो पिडा भएकोले हर क्षण सकेको काम जनताको गरिदिने प्रतिबद्धता जनाए । बाढीले घरवार गुमाएकाहरुले कोहीले टहरा बनाएर बसेका छन भने कोहि आफन्तको घरमा र केहि भाडामा बसी रहेका छन ।