डोल्पा : गाउँ सम्म सड्कको ट्रयाक खुल्यो सड्क पुगेको भन्दै जनता खुसि भए । उक्त बाटो उपभोक्ता समिति मार्फत निर्माण भयो जनताले आफैत खनेन डोजर लगाएर खनाए तर पनि रकम बचाएरै काम गरे अनि घरै पिच्छे बचाएको रकम बितरण गरे । अनि नगद हातमा समातेर वडा अध्यक्षले धामीको शिरमा हात रखेर बाचा गर्दै भने यो रकम तपाइहरुको नाममा र मेहेनतले आएको हो यस्मा वडा सरकारले कतै कसैलाइ हिनामिना गर्न दिने छैन । यो योजनाको रकम मात्रै नभएर वडामा आउने कुनैपनि रकम भ्रष्टाचार हुन दिदैन भन्दै वडा अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले कसम खाए ।
ठुलीभेरी नगरपालिकमा वडा नम्बर १ मा पहिलो पटक यसरी धामीलाइ साक्षी राखेर भ्रष्टाचार नगर्ने भनेर बाचा गरियो । कानुन भन्दा मान्दै आएका कुल देवताको बिश्वास मान्ने भएकोले पनि वडा अध्यक्षले धामीको शिरमा हात राखी देवताको कमस खादै जनताको पक्षमा काम गर्ने बिश्वास दिलाएका हुन । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार मार्फत ६० लाख बजेट प्रदान गरेको बजेटको जैरीगार बिधुत गृह नजिकै दुईवटा कलभड निर्माण र सड्क निर्माणमा वडा नम्बर ३ सँगको सयूक्त उपभोक्ता समितिले २७ लाखमा काम गरेको थियो । बाँकी रहेको २७ लाखमा जैरी खोलामा काठेपुल निर्माण सहित थाला गाउँ सम्मको सड्क निर्माणमा डोजर खर्च १८ भएको उपभफक्ता समितिले जानकारी दिएको छ ।
वडा अध्यक्ष रोकायाका अनुसार सबै खर्च गरेर बचेको ९ लाखमा ३ लाख वडामा बिपत कोषमा राखेको र बाँकी ६ लाख रुपैया ९१ घरधुरीलाइ प्रतिघर ३ हजारका दरले नगद प्रादन गरेको बताए । त्यसैगरी वडामा रहेका ३१ जना जेष्ट नागरिकहरुलाई नगद एक हजार पोषिला खानेकुरा खान भनेर प्रदान गरेको जानकारी दिए । यसरी योननाको रकम जनताकाे हातैमा सबैको सामु बितरण भएको पिहलो पटक भएको भन्दै स्थानीयले खुसी ब्यक्त गरे । दुनैबाट वडा नम्बर १ थाला सम्म सड्क निर्माणको लागी ६० लाख बजे६ भएपनि उपभोक्ता समितिको खातमा ५४ लाख २० हजार भुक्तानी भएको थियो । यो योजनाको लागी धन्यबादको पात्र कर्णाली प्रदेशका पूर्व पर्यटन बन तथा वाताबरण मन्त्री नन्दसिँह बुढाको ठुलो हात रहेको भन्दै वडा बासिको तर्फबाट धन्याबाद प्रकट गरेको वडा अध्यक्ष रोकायाले बताए । वडाले राम्रो काम गरेको भन्दै उपभोक्ता समितिलाइ प्रमाण पत्र समेत प्रदान गरेको छ ।
नियमानुसार वडा सरकारले प्रतिशत लिन नमिल्ने भएपनि बजेटको ३ लाख रकम वडाको कोषमा राखिएको छ । अध्यक्ष रोकाया भन्छन प्रतिशत नभएर वडा नम्बर १ का जनताकाे कुनैपनि बिपत्तीको लागी खर्च हुने र यो रकम वडा सरकारले मनोपोली खर्च गर्न नपाउने भएको वडा सरकारलाई बिश्वाश गर्न वडाबासीलाइ आग्रह गरेका छन । रोकाया भन्छन मैले देउताका धामीको शिरमा हात राखेर बाचा गरेको छु जनताको रकम द्रुपयोग गर्दैन बिश्वास गर्नुस । खैर जनताले पहिलो पटक बिकास बजेटको रकम नगद पाए त्यो भन्दा पनि ठुलो कुरा घरै सम्म सड्क पाए सहजै यात्राको लागि सड्क स्तरोन्नतीको लागी पहल गर्न जरुरी छ । वडा अध्यक्ष रोकाया २०७४ को निर्वाचनमा पारजित भएर यो स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट बिजय भएका यूवा वडा अध्यक्ष हुन ।