डोल्पा : आईतबार दिउसो डोल्पामा बाढिले काठेपुल बगाएको छ । त्रिपूरा सुन्दरी नगरपालिकाको चुँ गाड खोलामा बाढि आउदा काठे पुल बगाएपछि यातायात अबरुद्ध भएकाे हाे । जाजरकोट डोल्पा सड्क अन्तरगत गर्ने चुँगाड खोलामा हालेको ग्याबिन बगाउदा कुनैपनि यातायातका साधन आउने अबस्था छैन भने त्रिपूराकोट बाट बलेङ्ग्रा जाने सड्कको काठे पुल समेत बगाउदा यातायातका साधन भन्दा पनि मानिस आउजाउ समेत गर्न नमिल्ने भएको स्थानीयले बताए । दिनभरको बर्षाले बाढि आएपछि खोलामा रहेका केही घट्ट समेत बगाएको छ भने मानविय क्षति हुन बाट जोगिएको छ अन्य क्षति भने धेरै भएको अनुमान गरिएको छ ।
बर्षा याममा बेलाबेलामा बाढि आई रहने यो खोलामा आईतबार आएको बाढले पुन क्षति पुर्याएको छ । यो खोलामा आएको बाढिले पैदल मार्गबाट जिप चढेर जाने यात्रुलाइ प्रभाबित पारेको छ भने दुई पाङ्ग्रे गाडीमा जानेलाइ भने फलामे पुल प्रयोग गरेर जान सक्नेछन । मौसमको कारण हवाई सेवा भरपर्दो छैन भने पैदल मार्ग पनि बाढि र पहिरोको उच्च जोखिम रहेकोले यात्रा गर्न निकै जोखिम रहेको छ । प्रहरी प्रशासनले भने मौसमलाइ मध्यनजर गरी यात्रा गर्न र प्रहरी प्रशासनलाइ जानकरी दिएर यात्रा गरे सूचनामा सहज हुने जनाएको छ । यत्रतत्र डोजरले खनिएका सड्कले जनिम कम्जोर भएकोबेलामा भारी बर्षाले पहिरो र बाढिको उच्च जोखिम रहेको छ ।