डोल्पा : घरको छतबाट लडेर घाईते भएका पत्रकार रुपलाल बोहोरालाई नगद सहयोग जुटी रहेको छ । गत शनिबार घरको छतबाट लडेर गम्भिर घाइते बोहोराको हाल काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भई रहेको छ । बोहोराको उपचारको लागी डोल्पा जिल्लाबाट निर्वाचित सघिय साँसद पूर्व राज्यमन्त्री धनबहादुर बुढाले नगद ५० हजार सहयोग गरेका छन । उपचार गराइ रहेका बोहोरालाइ उपचारमा सहयोग होस भनेर तत्काल समस्या नहोस भनी नगद ५० हजार बिरामीकै हातमा थमाइदिएको साँसद बुढाले जानकारी दिए । बुढाको यस्तो कार्य भने नया हैन उनले डोल्पा मात्रै हैन काठमाण्डौमा दुखमा परेका धेरै नागरिकको उद्धार तथा यस्तै सहयोग समेत गर्दै आएका छन । बोहोरालाइ भोलीका दिनमा पनि अन्य कुनै कुरामा समस्या परेको खण्डमा सहयोग गर्न तयार रहेको र अहिले थोरै रकम भएपनि उपचारमा राहात मिलोस भनेर सहयोग गरेको बुढाको भनाइ रहेको छ ।
पूर्ब राज्यमन्त्री बुढा यस्तै दुखमा परेकाको लागि सहयोग गर्ने भएकै कारणपनि सबैका प्रिय मानिन्छन । पत्रकार रुपलाल बोहोरा नेपाल पत्रकार महाँसघ डोल्पा शाखाका पूर्ब सचिव समेत हुन । उनको उपचारको लागि अहिलेका नेपाल पत्रकार महासघ डोल्पा शाखाका सचिव लेखबहादुर बुढा सहित अन्य पत्रकारहरुले उपचारको लागि रकम सकलन गरि रहेका छन भने नेपाल पत्रकार महासघले आइतबार नै नगद १० हजार सहयोग गरि सकेको र थप सहयोगको लागि लागि रहेको डोल्पा शाखाका अध्यक्ष सरोज थापाले प्रतिबद्धता जनाए । जुफालमा जहाज नआएर ४ दिन सम्म अलपत्र रहेको बोहोरालाइ हेलीकप्टर मार्फत काईके गाउँपालिका अध्यक्ष अगद रानाले भाडा सहित उद्धार गरेर काठमाण्डौ लगेपछि मँगलबार नै उनको उपचार सूरु भएको छ । जिल्लामा करिब २ लाख भन्दा धेरै रकम सकलन भइ सकेको छ । बोहोराको देब्रे पट्टीको भागमा बिभिन्न ठाउमा भाँचीएको चिकित्सकले बताएका छन भने काठण्डौको रिपोट आउन बाँकी छ । जुफाल बिमानस्थलमा अलपत्र रहेको पत्रकार बोहोरालाइ धेरै जनाको पहलमा ४ दिनमा उद्धार गरि काठमाण्डौ लगिएको थियो । बोहोरा भन्छन यो घडिमा सहयोगी सबै प्रति आभारीछु छिट्टै ठिक हुनेछु । पूर्ब रराज्यमन्त्री बुढाको कार्य ब्यस्ताको कारण उनका स्वकिय सचिव कमल रोकायाले भेटेर सहयोग रकम बोहोरालाइ हस्तान्त्रण गरेका थिए ।