दुनैमा नेपाल टेलिकमको भ्वाइस सेवाको बैकल्पिक लिङ्क जडान ।
जैतुन अनलाइन | 2022-07-19
डोल्पा : नेपाल टेलिकमको भ्वाइस सेवाको बैकल्पिक लिङ्क जडान भएको छ। बारम्मबार मोबाईल फोन सेवाबाट बञ्चित हुने सदरमुकाम वासिले भने यो कुराबाट छुटकारा पाउने भएका छन । बिभिन्न ठाउँका अग्ला डाँडामा राखिएका माइक्रोवेभ लिङ्क बिग्रीएको खण्डमा स्याटेलाइट लिङ्क बाट दुनैमा GSM को 2G भ्वाइस सेवा सञ्चालन हुने दुर सञ्चार कार्यालय डोल्पाका प्रमुख दया बिक्रम केसिले जानकारी दिए । प्रमुख केसिका अनुसार यो सेवा सदरमुकामका लागि मात्रै भएको र जिल्लाको बिभिन्न क्षेत्रमा रहेका बिटिएस टावरहरुमा भएको समस्या बारे सहजै केन्द्रीय कार्यालयसँग सम्पर्क गर्न र आपतकालीन समस्याको समाधान गर्न सहज हुने भएकाले पनि टेलीकले जडान गरेको बताए ।
सदरमुकाम दुनैको केन्द्रीय गुम्बाको जग्गा भाडामा लगेर लिङ्क जडान भएको हो । सो लिङ्कलाई अप्टिकल फाइबरको माध्यम बाट नेपाल टेलिकम दूरसञ्चार कार्यालय डोल्पाकै BTS मा पुर्याएर मोवाईल टावरमा जडान गरिएको हो। यो लिङ्क जडान गर्न गत स्थानीय चुनाव पहिले नै ब्याकबोन प्रसारण सेवा निर्देशनालय बाट टिम आएको तर नेपाल टेलिकम दूरसञ्चार कार्यालय डोल्पा बाट स्याटेलाइटमा लिङ्क हुन अगाडिको डाँडाले छेकिएको कारणले अहिले भेरी पारी गुम्बामा राखिएको नेपाल टेलीकम दुरसञ्चार कार्यालयका सहायक प्राबिधिक अधिकृत प्रियराज सुवेदीले जानकारी दिए । यो सेवाको जडान सँगै ठुलीभेरी नगरपालिका वडा नम्बर १ देखी ४ वडाका नागरिकले सेवा पाउनेछन । बिषेश गरी सरकारी कार्यालयलाइ फाइदा हुने हुदा आपतकालीन समस्या समाधान हुने बिश्वास गरिएको छ । यो भन्दा पहिला माइक्रोवेभ लिङ्क बिग्रीएको खण्डमा सदरमुकाम र आसपासका सबै क्षेत्र हप्तादिन सम्म सञ्चार बिहिन हुने गरेको थियो । यो सेवा फोनमा कुरा गर्नको लागि मात्रै प्रयोग हुने र ईन्टरनेट सेवा नपाउने नेपाल टेलीकम दुरसञ्चार कार्यालय डोल्पाका प्राबिधिक नवरा भट्टराईले बताए । प्राबिधिक भट्टराईका अनुसार हाल दुनैको बिटिएसबाट करिब ५ हजार नागरिकले सेवा लिइ रहेको जानकारी दिए । हाल जडान भएको प्रबिधि चलाउनको लागि नेपाल विधुत प्राधिकरण डोल्पा वितरण केन्द्रले ३ किलोवाट क्षमताको सिङ्गल फेजको पावर जडान गरिदिएको नेपाल टेलीकम डोल्पाले जानकारी दिएको छ ।