कृषि बिकास कार्यालयद्धारा उत्कृषट कृषकलाइ पुरस्कार बितरण ।

जैतुन अनलाइन | 2022-07-15

डोल्पा : जिल्लका उत्कृषठ कृषक पुरस्कृत भएका छन । कृषि बिकास कार्यालय डोल्पाले जिल्लाभरका २८ जना उत्कृष्ट कृषकलाइ पुरस्कृत गरेको छ । जिल्लास्तर उत्कृषट कृषक कार्यक्रम अन्तरगत बिभिन्न स्थानीयतहका कृषक पुरस्कृत भएको निमित्त कृषि बिकास प्रमुख सरद लामाले जानकारी दिए । अधिकृत लामाका अनुसार ठुलीभेरी नगरपालिकाका ६ कृषक,त्रिपूरा सुन्दरी नगरपालिकाका ८ कृषक,जगदुल्ला गाउँपालिकाका ६ कृषक, काईके गाउँपालिकाका ४ कृषक र मुड्केचुला गाउँपालिकाका ४ कृषक गरी २८ जना उत्कृष्ठ कृषकलाइ पुरस्कार बितरण गरी नगद रासि सहित सम्मान गरेको बताए ।

पुरस्कृत हुने कृषकहरुमा हरेक स्थानीयतहबाट प्रथम दोस्रो र तेस्रोका साथै सान्तवना गरेर पुरस्कृत गरिएको छ । प्रथमले ६ हजार दोस्रोले ४ हजार ५ सय तेस्रोले तिन हजार र सानत्वना स्वरुप २ हजार २ सय ५० रुपैया प्रमाण पत्र प्राप्त गरेका छन । ५ स्थानीयतहका २८ जना कृषकले उत्कृष्ट कृषकले कुल १ लाख ९ हजार छ सय रुपैया बराबर रकमको नगद पुरस्कार प्राप्त गरेका हुन । जिल्ला स्तरीय समितिले छनौट गरी जिल्लामा उत्कृष्ट हुने कृषकलाइ हरेक बर्ष सम्मान सहित पुरस्कृत गर्ने गरिएकाे कृषि बिकास कार्यालय डोल्पाले जानकारी दिएको छ । यो नगद रकम कम भएपनि कृषकलाइ थप उर्जाको लागि प्रदान गरिएको र यसले अन्य कृषकलाइ पनि जागरुक बनाउने हेतुले पुरस्कृत गरिएको कृषि बिकास कार्यालय डोल्पाको दावी रहेको छ ।