जिल्ला अस्पाललाई नगरपालिकाले दियो ६ सय वाट सोलार ।

जैतुन अनलाइन | 2022-07-15

डोल्पा : ठुलीभेरी नगरपालिकाले जिल्ला अस्पताललाई शोलार सहयोग गरेको छ । शुक्रबार जिल्ला अस्पताल डोल्पाको लागि तत्कालको समस्या समाधानको लागि भनेर नगरप्रमुख शुवर्ण कुमार बुढा आफ ६ सय वाट शोलार सहित जिल्ला अस्पताल पुगेका हुन । नगरपालिकामा रहेको ६ सय वाट शोलार टर्चको भरमा उपचार गराइ रहेको आफै बिरामी जिल्ला अस्पताललाइ नगरपालिकाले सहयोग गरेको हो । यो शोराले अस्पतालका अन्य मेसिनहरु नचलेपनि बिरामीले अध्यारोमा बस्न पर्ने अबस्थाबाट भने केहि हद सम्म छुट्टकारा पाउनेछन । जिल्ला अस्पतालका कर्मचारीहरुलाइ राखेर शोलार नगर प्रमुख बुढाले अस्पताल प्रमुख डाक्टर अखण्ड उपाध्यायलाइ हस्तान्त्रण गरेका हुन ।

शोलार दिदै मेयर बुढाले भने बिरामीहरुको रातिको बसाइ निकै कष्टकर रहेछ अस्पालको लागि हाललाइ कम्तिमा पनि ३ किलोवाट शोलारको ब्यवस्था नगरपालिकाले गर्ने प्रतिबद्धता जनाए । मेयर बुढाले भने जिल्ला अस्पताल सबैको हो नागरिकले सेवा सहजै ढुक्कसँग पाउनुपर्छ नगरपालिकाले गर्न सक्ने र मिल्ने सहयोग गर्न जहिले तयार छ । यो भन्दा पहिला नगरपालिकाले कुनैपनि कुरामा सहयोग नगरेको भएपनि अब भने साना समस्या नगरपालिकाले गर्नेमा बिश्वस्त रहेको डाक्टर अखण्ड उपाध्यायले बताए । उनि भन्छन राति परेपछि बिरामीहरु र उनिहरु सँग बस्ने स्वास्थ्यकर्मिका पिडा कसैले सुन्दैन देख्दैन यति सोलार भएपनि अन्धकार हट्नेछ ।

ठुलीभेरी नगरपालिका ८ का वडा अध्यक्ष मनराम ठकुल्लाले भने दुख के हो मैले भोगेको छु त्सैले पनि जिल्ला अस्पतालको समस्या सबैको समस्या हो । नागरिक समाजको अगुवाइमा ठुलीभेरीका जनप्रतिनिधिहरुले साथ दिएर काम भएको र नगरपालिका सबैभन्दा धेरै धन्यबादको पात्र बनेको जिल्ला अस्पतालका चिकित्सकको भनाइ रहेको छ । आफै दिर्घ रोगि जस्तै चलेको जिल्ला अस्पतालबाट अन्धकार भित्रै बाट पनि दैनिक सयौ बिरामीले उपाचार लिन्छन भने दर्जन बिरामीले अध्यारो बिरामी कोठामा बसेर उपचार गरि रहेका छन । बर्षौ देखी यसरी चलेको जिल्ला अस्पताल न त जिल्लाका नेताको आँखामा पर्यो न  प्रदेश र केन्द्र सरकारको निति र कार्यक्रममा पर्यो नामले मात्रै जिल्ला अस्पताल भयो सेवाले हुन सकेन डोल्पा जिल्ला अस्पताल ।