ठुलीभेरी दुई जना वडा अध्यक्ष द्धारा बाढीपिडितलाई सिलिन्डर ग्यास चुलो र चामल वितरण

जैतुन अनलाइन | 2022-07-11

लेख बुढा,
डोल्पा ः डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं. २ र ६ का वडा अध्यक्षहरुले बाढीपिडितहरुलाई सिलिन्डर सहितको ग्यास चुलो सेट र चामल वितरण गरेका छन । यहि असार २१ गते सदरमुकाम दुनै बजार स्थित शान्ती टोलमा आएको बाढि पिडित ८ घर परिवारलाई वडा नं. २ का वडा अध्यक्ष कमल बहादुर क्षेत्री र वडा नं. ६ का वडा अध्यक्ष तेजेन्द्र बहादुर कार्कीले सहयोग गरेका हुन । वडा अध्यक्ष क्षेत्रीले प्रतिपरिवार २५ केजीका दरले चामल र कार्कीले प्रतिपरिवार सिलिन्डर सहितको ग्यास चोलो सेट हस्तान्त्रण गरेका हुन ।
डोल्पा जिल्लामा यो बर्षकै सवैभन्दा ठुलो अप्रिय घटना घटेको भन्दै सवैथोक गुमाएका घर परिवारलाई केहि दिन सम्म भएपनि राहत मिलोस भन्ने उदेश्यले बाडीपिडितलाई सहयोग गरेको वडा नं. २ का वडा अध्यक्ष कमल बहादुर क्षेत्री र वडा नं. ६ का वडा अध्यक्ष तेजेन्द्र बहादुर कार्कीले बताए । आगामी दिनहरुमा अन्य केहि समस्या भए सक्दो सहयोग गर्ने द्धोय वडा अध्यक्षहरुले बताएका छन ।
वडा अध्यक्ष द्धोय क्षेत्री र कार्कीले बाढीपीडित पंच बहादुर बुढा,दिल कुमारी घर्ती,हस्त बहादुर कामी,झमा वि.क,कमला वि.क,नन्द कुमारी बि.क,भगवती बुढा,पदम बुढालाई राहत समाग्री हस्तान्त्रण गरेका छन ।