दुनै शान्ति टोलका बाढि पिडित १० घरपरिवारले राहत पाए १४ घर परिवार छानबिन पछि मात्रै राहात पाउने ।

जैतुन अनलाइन | 2022-07-07

डोल्पा :  दुनै शान्ति टोलका दश जना बाढीपीडितलाई राहत पाएका छन । जिल्ला विपद् ब्यवस्थापन समितिको विहिवार बसेको बैठकले बाढीपीडितलाई यथासक्य राहत वितरण गर्ने निर्णय गरेको थियो ।  सदररमुकाम दुनैमा मंगलवार आएको बाढीले घरवास गुमाएका पिडित दश घर परिवारले राहत पाएका हुन । ठूलीभेरीनगरपालिका ३ स्थित सदरमुकाम दुनैको शान्ति टोलमा आएको बाढीले १० घर परिवारको पुर्ण रुपमा क्षति पुर्याएको र बाँकी  १४ घर परिवार आंसिक रुपमा क्षेती ब्यहोरेकोले तत्काल पूर्ण रुपमा क्षति भएका परिवारलाइ राहत प्रदान गरिएको जिल्ला बिपत ब्यबस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले जानकारी दिए । प्रजिअ अधिकारीका अनुसार अन्य पिडित परिवारको पनि छानबिन गरेर सुहाउदाे आवाश्यक राहात प्रदान गरिने बताए । बिहिबार  जिल्ला समन्वय समितिको प्राङ्गणमा जम्मा भएका बाढीपीडित नन्दाकुमारी विक कमला विक डिलकुमारी घर्ती पिउली विक मति मिजार झुमा विक रणबहादुर शाही डम्बर थापा पन्च बुढा र पदम रोकायालाई प्रतिपीडित २५ केजी चामल दुई पोका तेल ५ केजी दाल  दुई केजी चिनी चिया र नून स्वायबिन आलु ठुलीभेरी नगरपालिकाका नगर प्रमुख शुवर्ण कुमार बुढा र जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बहादुर बुढाले  वितरण गरेका थिए ।


बाढीपीडित धेरै भएपनि सबैभन्दा बढी पीडितको छनौट गरि राहत वितरण गरिएको जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले बाढी पीडितको उद्दार र ब्यवस्थापनको लागि कुनै कसुर बाँकी नराख्ने गरी पहल भइरहेको बताए । यस सँगै डोल्पा जिल्लाका स‌घिय साँसद पूर्व राज्य मन्त्री धनबहादुर बुढाले समेत दुनै शान्ती टोलका बाढि पिडितलाइ ब्यक्तिगत राहात प्रदान गर्ने प्रतिबद्धता जनाएका छन । त्यसै गरी नेपाल रेडक्रस शोसाईटिले बुधबार खाधान्न र बाल्टी समेत बितरण गरि सकेको छ ।

मँगलबार आएको बाढिले क्षेति त गरेको नै छ भने यो बाढिले दुनै बासि र सरोकारवालाहरुलाइ सूचना दिएको छ जोखिमका बस्तिहरुलाइ ब्यवस्थित नगरे अतुलनीय क्षेतिको सामना गर्नुपर्नेछ । आसा छ बाढि पिडितले राहात मात्रै हैन सरकारले गास बास र कपासको ब्यवस्था गरिदियोस र नागरिकले पनि जोखिम मोलेरै बासको ब्यवस्था नगरिदिउन ।