बाढि पिडितलाइ पूर्व राज्यमन्त्री धनबहादुर बुढाले ब्यक्तिगत राहात दिने घोषणा

जैतुन अनलाइन | २३ असार २०७९, बिहीबार

डोल्पा : अकस्मात परेको भारी बर्षाले दुनैमा बाढिले बितण्डा नै मच्चायाे । यहि जेष्ट २१ गते साँझ ५ बजे तिर अकस्मात भारी बर्षा भयो करिब २५ मिनेट जती परेको भारी बर्षाले कराेडौकाे क्षति पुर्याएकाे छ । बाढिले ठुलीभेरी नगरपालिका वडा नम्बर ३ का २४ जना घर परिवारको एक करोड हाराहारीको क्षेति भएको जिल्ला प्रहरी कार्यालयले मुचुल्का उठाएको छ । केहि घर डुबेका छन भने आधा दर्जन घरहरु बाढिले पूर्ण रुपमा बगाएर क्षेति पुर्याएकाे हाे । मँगलबार बाढिले घर गुमाएका र क्षेति ब्यहोरी रहेका बाढि पिडित परिवार प्रति स‌घिय सा‌सद पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले दुख ब्यक्त गर्दै पिडित परिवारलाई राहात दिने घोषणा गरेका छन ।

राज्यमन्त्री बुढाका अनुसार प्राकृतिक बिपत्ती जुन सुकै बेलापनि जो सुकै माथि आई पर्ने हुदा मँगलबार दुनैमा बाढिकाे कारण पिडित भएका नागरिकलाइ आफुले ब्यक्तिगत राहात प्रादन गर्ने बचन दिए । यस्तो बेलामा पिडितलाइ सरोकारवालाइ समेत सकेको ब्यवस्थापन गर्न आग्रह समेत गरेको र आफनो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । दुनैको बजरा सुरक्षित राख्नको लागि सरकारले करोडौ बजेटले स‌रक्षण गरेपनि सदरमुकाम वारीपारी रहेका सुख्खा पाखाहरुबाट आउने बाढले केही बस्ति जोखिममा हुदा नागरिकले दुख अतुलनिय क्षेति ब्यहाेरेको हुदा अब सरकारले समेत यस्ता जोखिम क्षेत्रको पहिचान गरि जोखिम न्यूनिकरणमा जोड दिनपर्ने बुढाको जोड छ ।

जिल्लामा बेलाबेलामा बिभिन्न कारण नागरिकले प्राकृतिक बिपत्तीको मारमा परि रहनुपर्ने भएकोले समयमा सरोकारवाला निकाय र राजनितिक दलले दृर्घकालिन योजना बनाइ जनतालाइ ढुक्सँग जिउने वातावरण बनाउनुपर्नेमा आफले भरमग्दुर लागी रहेको समेत जनाए । बाढि पिडित परिवारलाई बुढाले आफुले के के कुराको सहयोग गरे राहात मिल्ने छ त्यो कुरा जानकारी गराए तत्काल पिडितलाइ सहज हुनेगरी राहात प्रदान गर्ने बताए ।

जिल्ला बिपत ब्यवस्थापन समितिले तत्काल ८ घर लाइ राहात प्रदान गर्ने र अन्य पिडित परिवारलाइ क्षेतिको बिवरण हेरी राहातको थप पहल कदमी गर्ने निर्णय गरेको छ । तत्काल पिडित परिवारलाइ २५ केजी चामल ५ केजी दाल २ केजी नुन तेल २ लिटर चिनी २ केजी चिउरा ५ केजी चिया पत्ती  सय ग्राम आलु २ केजी सोयाबिन १ केजी ठुलीभेरि नगरपालिकाका नगर प्रमुख शुवर्ण कुमार बुढाले ब्यक्तिगत रुपमा दिने बताए ।