त्रिपुराकोट नगर एम्बुलेन्सले एक विरामी सहित दुई जना कुरुवालाई निशुल्क सेवा दिने

जैतुन अनलाइन | 2022-07-04

लेख बुढा, 
डोल्पा ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नगर अस्पताल एम्बुलेन्स सञ्चालन ल्याएको छ । आ.व.२०७८÷७९ को नगर सभामा पारित बजेट बाट रु १६ लाखमा खरिद गरि अस्थाई नम्बर १३९ को त्रिपुरासुन्दरी नगर अस्पताल एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नगरपालिका भित्रका सबै वडामा सडकको पहुच नपुगेता पनि सडक सञ्जालले पहुच पुगेको ठाउँ देखि सवै नगर बासीलाई विरामी हुदा राहत मिलोस् भन्ने उदेश्यले निशुल्क नगर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका नगर प्रमुख जनचन्द्र रोकायाले बताउनु भयो ।

त्रिपुरासुन्दरी नगरपालिका जिल्लाको मध्य केन्द्रमा रहेकको र राष्ट्यि राजमार्गले सिधै छुने नगरपालिका भएको हुदा अनि त्रिपुरासुन्दरी नगरपालिका बाट जिल्ला अस्पताल दुनै,जुफाल विमानस्थल जुफाल,नेपालगन्ज,सुर्खेत लगाएतका शहरहरुमा सिधै अवतजावत गर्न सकिने भएकोले निशुल्क एम्बुलेन्स सञ्चालनले नगर बासी लगाएत सम्पुर्ण जिल्ला बासीलाई ठुलो मदत मिल्ने विश्वस रहेको नगर प्रमुख रोकायाले बताउनु भयो । निर्वाचीत भएको महिना दिन बढी भएको छ आगामी दिनहरुमा सवै संग रायसुझाब मागी समृद्ध नगर बनाउने योजना रहेको प्रमुख रोकायको भनाई छ ।

नगर एम्बुलेन्सलमा बिरामी सहित दुई जना विरामी सुसारे लाई निशुल्क सेवा दिने जनाईएको छ । डोल्पाका स्थानीय तहमध्य नगर एम्बुलेन्स सञ्चालन गर्ने पहिलो नगरपालिका भएको हुदा नगरपालिका भित्रका स्थानीय नागरिक र समग्रह जिल्लाका भित्रका सम्पुर्ण विरामी नागरिकलाई निशुल्क सेवा दिने त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवि घर्तीले बताउनु भयो । सवैको हितमा हुने नगर एम्बुलेन्स खरिदको लागि अघिल्लो नगर कार्यापालिकाले बजेट व्यवस्था गरेकोले तत्कालिन नगर कार्यपालिकालाई नवनिर्वाचित प्रमुख र उप्रमुखले धन्यवाद व्यक्त गरेका छन ।