भारतीय दुतावास दियो डोल्पालाई २ एम्बुलेन्स उपहार

जैतुन अनलाइन | 2022-07-04

लेख बुढा, 
डोल्पा ः भारत सरकारको अनुदान सहायता अन्तर्गत डोल्पा जिल्लालाई २ वटा एम्बुलेन्स उपहारस्वरुप दिएको छ । आज एम्बुलेन्स हस्तान्त्रण कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र भारतीय राजदूत नवीन श्रीवास्तवले डोल्पाको जगदुल्ला गाउँपालिका र स्वस्थ्य सेवा कार्यालयका प्रतिनिधिलाई एम्बुलेन्सका चाबी प्रदान गरेका थिए । भारत स्वतन्त्र भएको ७५ बर्षको उत्वस मनाउन भारत सरकारले अघि सारेको“आजादीका अमृत महोत्सव” कार्याक्रम अन्तर्गत नेपालका विभिन्न क्षेत्रलाई ७५ वटा एम्बुलेन्स र १७ बस हस्तान्तरण गरेको भारतीय दुतावासले जारी विज्ञेप्तिमा उल्लेख गरेको छ ।
सोही अवसरमा डोल्पाका विभिन्न क्षेत्रका व्यक्तीहरुको पहलमा भारतीय दुतावासले डोल्पालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो । जगदुल्ला गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष नारसिँह रोकाया र स्वस्थ्य सेवा कार्यालय डोल्पाको तर्फबाट डाक्टर राजसिँह धुरेलले एम्बुलेन्स  बुझेका छन । डोल्पामा यो भन्दा अघि स्वस्थ्य सेवा कार्यालयको एम्बुलेन्स संचालन भैरहेको छ भने केहि दिन अघि मात्र त्रिपुरासुन्दरी नगरपालिकाले आफ्नै स्रोतमा एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएको छ ।