जिप दुर्घटना हुदा चालक डाँगीको मृत्यू

जैतुन अनलाइन | 2022-07-01

डोल्पा : डोल्पामा जिप दुर्घटना हुदा एक जनाको मृत्यू भएकाे छ ।  ठुलीभेरी नगरपालिका वडा नं. ९ डाँगीवाडामा बोलेरो जीप दुर्घटना हुदा चालक बर्ष ३५ का पूर्ण प्रसाद डाँगीको निधन भएको हाे ।  शुक्रबार राति २ बजे तिर  सुपानी बाट जुफाल तर्फ जादै गरेको भे १ च १६११ नम्बरको जीप दुर्घटना हुदा ठुलीभेरी नगरपालिका वडा नं. ९ घर भएका  चालक  डाँगीको  उपचारको क्रममा जिल्ला अस्पतालमा बिहान ६ बजेपछि मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । राति  घटना घटेको र उद्धार ढिला हुदा चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी निरन्जन थापाले जानकारी दिए । डिएसपि थापाका अनुसार जिप दुर्घटना कसरी भएको हो भन्ने बारे भने अनुसन्धान भई रहेकाे बताए । हाल सम्म डोल्पामा मात्रै दुई दर्जन भन्दा धेरैले सवारी दुर्घटनामा ज्यान गुमाएका छन । दुर्घटना भएको जिपमा चालक बाहेक अरु यात्रु नभएको प्रहरी जानकारी दिएको छ ।