डोल्पामा धान दिवसको रौनक कर्मचारीदेखी नेता सम्मले धान रोप्दै हिलो खेले (तस्विरमा हेर्नुहोस)

जैतुन अनलाइन | 2022-06-29

डोल्पा : धान दिवस डोल्पामा पनि मनाइएकाे छ । जिल्ला कृषि बिकास कार्यालय डोल्पाले धान दिवस मनाएकाे हाे । ठुलीभेरी नगरपालिका वडा नम्बर ९ मोतिपूरमा धान रोपेर दिवस मनाईयो । जिल्लाका प्रमुख जिल्ला अधिकारी देखी जिल्ला समन्वय समितिका प्रमुख समेतले धान रोपेर हिलो खेल्दै दिवस मनाए । असार १५ धान दिवसको बिदाको अवसर पारी दिवसमा सहभागि सबैले खेतको हिलोमा रमाउदै दिवस मनाएकाे जिल्ला कृषि बिकास कार्यालय डोल्पामा निमित्त प्रमुख सरद लामाले जानकारी दिए । लामाले भने डोल्पामा धान फल्ने जमिन अत्यन्त कम छ तर पनि बर्षौदेखी जिल्लाका बिभिन्न क्षेत्रमा धान रोप्ने प्रचलन कायमै रहेकाे र डोल्पामा  लगाइनले धन खेतमा यूरीया मल प्रयाेग नहुने  दावी गरे । पशु चाैपायाको मल प्रयोग हुने दुदा डोल्पामा फल्ने धान अर्गानिक धान भएकाे र स्वादमा पनि मिठास हुने गरेको स्थानीयहरु बताउछन ।

धान दिवसमा थोरै खेतहरु लगाए पनि जिल्लाका अधिकाँश क्षेत्रमा भने धान जेष्ठमा नै रोपिन्छ । डोल्पामा लगाइने धान स्थानीय जातको भएकाे र पुरानाे परमपरा कायम  राख्न पनि लाउने गरेको बुढापाकाहरु सुनाउछन । जिल्लाको मुड्केचुला गाउँपालिकाको केहि भाग त्रिपूरा सुन्दरी नगरपालिकाको नदिकिनाराकाे क्षेत्र र ठुलीभेरी नगरपालिकाको भेरी किनारा क्षेत्रमा धान रोपिन्छ । धान दिवसमा सयो कर्मचारी अनि केहि नेताहरु सहभागि थिए । दहि र चिउरा खाएर धान रोपी हिलो खेलेर स्थानीयसँग रमाउदै डोल्पामा धान दिवस मनाइएकाे छ ।

तस्विरमा हेर्नेहोस :