नेपाली काँग्रेस डोल्पाले निर्वाचनमा प्रयोग भएका प्रचारप्रशारका पोष्टर हटायो सुरक्षाकर्मिको सहयोगमा बजार समेत सरसफाई

जैतुन अनलाइन | 2022-05-18

दुनै : नेपाली काँग्रेस डोल्पाले निर्वाचनमा प्रयोग गरेका प्रचारप्रशारका पोष्टर हटाएको छ । ठुलीभेरी नगरपालिकाको मुख्य केन्द्र रहेको सदरमुकाम दुनै बजारमा टासिएका बिभिन्न पार्टीका प्रचारप्रशारका पोष्टर नेपाली काँग्रेसले कार्यकर्ता परिचालन गरि हटाएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कर्ण बहादुर बुढाको नेतृत्वमा ठुलीभेरी नगरपालिकाका नवनिर्वाचित मेयर स्वबर्ण कुमार बुढा सहित कार्यकर्ता र सुरक्षा कर्मिको सहयोगमा बजारका सबै पोष्टर हटाएको नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ । बजारमा टाँसिएका निर्वाचनका बेला बिभिन्न पार्टीका पोष्टर हटाउनुका साथै दुनै बजार समेत सरसफाइ गरेकाे केन्द्रीय सदस्य बुढाले बताए । बुढाले भने बजरमा निर्वाचनका बेलामा हामीले नै पोष्टर टासेर फोहोर बनायौ त्यो हामीले नै हो सफा गर्नुपर्ने किन अरुको मुख हेर्ने हरेकले काम गरे कसैले गरिदियोस भन्नै पर्दैन । नव निर्वाचित मेयर बुढाले जनताका लागी ठुला काम मात्रै हुदैनन सानासाना काम पनि महत्वपूर्ण हुन्छन त्यसैले हामीले बजार सफा गरेका हौँ र अन्य स्थानमा राखिएका पोष्टर पनि हटाउने र सफा शहर गाउँ बनाउने बताए । यो भन्दा पहिला निर्वाचन आयोगले हटाउन सूचना जारी गरे मात्रै हटाइने प्रचारका पोष्टर नेपाली काँग्रेसले आफै हटाएर नया कामको थालनी गरेको हो यसरी सबैले सिक्न जरुरी देखिन्छ । रँगिएका बजारका भित्ता सफा बनाइकएको छ । नेपाल प्रहरी शसस्त्र प्रहरी म्यादी प्रहरीको सहायतमा बजार सरसफाइ गरिएको हो ।