त्रिपूरा सुन्दरी नगरपालिकामा एमालका रोकाया र घर्ति बहुमतले बिजयी

जैतुन अनलाइन | 2022-05-17

डोल्पा : त्रिपूरा सुन्दरी नगरपालिकामा एमालेले जित हात पारेको छ ।  नगर प्रमुखमा नेकपा एमालेका जनचन्द्र रोकायाले २ हजार १  सय १ मत प्राप्त गरी बिजय भए भने नगर उपप्रमुखमा एमालेकै देबी घर्तिले कुल मतको १ हजार ८ सय ५६ मत प्राप्त गरी बिजयी भइन ।  नगरपालिकामा नेकपा एमालले ५ वडा नेकपा माओबादी केन्द्रले ५ वडा र नेपाली काँग्रेसले १ वडामा जित हात पारेको छ । नेपाली काँग्रेस र नेकपा माओबादीसँग कडा प्रतिसपर्धामा फराकिलो मत प्राप्त गरी दुबै प्रमुख पदमा एमालले जित हाँसिल गरेको हो । मेयर रोकाया पहिलो पटक अत्याधिक मतभार सहित निर्वाचित भएका हुन भने घर्ति २०७४ को निर्वाचनमा वडा सदस्य निर्वाचित भएर जिल्ला समन्वय समिति सदस्य समेत भएर २०७९ को निर्वाचनमा उपमेयर निर्वाचित भएकी हुन । मेयर पदका लागि रोकायाका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्रलाल धरालाले १ हजार ५ सय ९६ मत प्राप्त गरेका छन ।  नेकपा एमालेकै देवी घर्ती १ हजार ८ सय ५६ मत प्राप्त गरी जित हासिल गिरन भने निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी काली चलाउनेले १ हजार २ सय ९० मत प्राप्त गर्नु भएको थियो । नगर प्रमुखको पदमा ३ जनाको उम्मेद्वारी थियो भने उपप्रमुखको पदमा ४ जनाको उम्मेद्वारी रहेको थियो । नगर प्रमुख र उपप्रमुख दुबै जनाले ५ सय भन्दा बढि मतको अन्तरले विजय हासिल गरेका छन ।

डोल्पाका ८ स्थानीयतहमा त्रिपूरा सुन्दरी नगरपालिका र शे-फोक्सुण्डो गाउँपालिकामा एमालेले जित हात पारेको छ । त्यसै गरि ठुलीभेरी नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख दुबै पदमा जित हात पारेको छ भने जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा नेकपा माओबादी केन्द्रले जित कायमै राखेको छ । त्यस्तै छार्काताङ्सोङ् गाउँपालिका र काईके गाउँपालिकामा नेकपा एकिकृत समाजबादीले जित हाँसिल गरेको छ र डोल्पोबुद्ध गाउँपालिकामा भने मतगणना स्थगीत भएको छ । वडामा एमाले अगि छ भने माओबादी दोस्रो नेपाली काँग्रेस तेस्रो र समाजबादी चौथो स्थानमा रहेको छ ।