डोल्पा : नेकपा एमालेबाट निर्वाचित हुने पहिलो स्थानीयतह शे-फोक्सुण्डो गाउँपालिका बनेको छ । एमालेबाट टिकट पाएका धावा सम्डुक गुरुङ्ले सहमतिमा निर्बिरोध निर्वाचित भएका हुन । २०७४ को स्थानीयतहको निर्वाचनमा निर्बिरोध उपाध्यक्ष बनेका गूरुङ् २०७९ मा अध्यक्षमा बढुवा भएर निर्बिरोध चयन भए । वडामा समेत एमालेको पकट बनाएर गूरुङ् अध्यक्ष बनेका छन । २०७४ मा एमालले ६ वटा स्थानीयतहमा निर्वाचन जितेको भएपनि २०७९ मा आएर एमालेले एक स्थानीयतहमा अध्यक्ष र एक स्थानीयतहमा उपाध्यक्षमा चित्त बुझाएको छ । निर्वाचन भएका स्थानीयतहमा निकै प्रतिस्प्रधा गरेपनि जित भने लिन सकेको छैन एमालेले तर वडामा भने १९ वडामा जित हात पारेर एमाले सबैभन्दा अगाडी रहेको छ । शे-फोक्सुण्डो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार पेमावाङ्छेन गूरुङ्ले ८० प्रतिशत भन्दा धेरै मत प्राप्त गरी उपाध्यक्षमा बिजय भएका छन । उनले कुल मतमा ११०३ मत प्राप्त गरी बिजय हात पारेका हुन । वाङ्छेन पहिले एमालेबाट वडा अध्यक्ष थिए भने स्वतन्त्र उपाध्यक्ष भएपनि उनि एमाले प्रबेश गर्ने तयारी रहेको छ । नेकपा एमालेको नतिजा त्रिपूरा सुन्दरी नगरपालिकामा पक्षमा आउने अनुमान गरिएपनि ४ वडामा मतगणना हुदा तेस्रोमा रहेको छ ।