ठुलीभेरी नगरपालिकामा मेयर र उपमेयरमा नेपाली काँग्रेस बिजयी लयमा फर्किदै नेपाली काँग्रेस

जैतुन अनलाइन | 2022-05-16

डोल्पा : ठुलीभेरी नगरपालिकामा नेपाली काँग्रेसले बाजी मारेकाे छ । नगर प्रमुखमा काँग्रेसका स्वबर्ण कुमार बुढाले १२८५ मत र नगर उपप्रमुखमा काँग्रेसकै छिरिङ्टोल्मा महतले ८४८ मत प्राप्त गरी बिजय भएका हुन । ११ वटा वडा रहेको ठुलीभेरी नगरपालिकामा २०७९ को स्थानीयतह निर्वाचनमा आफ्नो पार्टि बलियो रहेको परिनाम देखाउदै मेयर उपमेयर सहित ५ वडा अध्यक्ष समेत जित निकालेको छ । २०७४ को स्थानीयतह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाही सँग झिनो मतले पराजति भएका बुढाले यस पटक भने प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजबादीका उम्मेदवार कर्णबहादुर रोकायालाइ पराजित गर्दै नगरप्रमुख बनेका हुन ।

२०७४ सालमा निकै कम्जोर रहेको नेपाली काँग्रेस २०७९ सम्म आइ पुग्दा बलियो देखीएको छ । सामाजिक सञ्जालमा भष्टारको बिरुद्धमा उभिएका बुढा नगरपालिकाको प्रमुख पदमा आएपछि अब के गर्छन भन्ने बारे भने सबैको चासो बढि रहेको छ भने नगरपालिकाको केन्द्र समेत बिबादमै रहेकोले पनि उनलाइ काम गर्न त्यति सहज भने हुने देखिदैन । यधपी नवनिर्वाचित मेयर बुढाले भनेका छन जित पार्टीले टिकट दिएकै कारण भएपनि काम भने सबै जनताकाे हितमा गर्नेमा बिश्वस्त हुन आग्रह गरेका छन ।