मुड्केचुला गाउँपालिकामा शाही पुन अध्यक्षमा दोहोरिए अध्यक्ष र उपाध्यक्ष सहित ८ वडामा माओबादी बिजयी

जैतुन अनलाइन | 2022-05-16

डोल्पा : मुड्केचुला गाउँपालिकामा माओबादीले जित हात पारेको छ । गाउँपालिकाको अध्यक्षमा दत्तबहादुर शाही र उपाध्यक्षमा दुदा रोकाया बिजीय भएका हुन । अध्यक्षमा शाहीले १४०४ मत र उपाध्यक्षमा रोकायाले १४५८ मत प्राप्त गरी बिजयी भएका छन । त्यसका साथै कुल ९ वटा वडा मध्य ८ वडा पालिका समेत जित हाँसिल गरेको छ भने १ वडामा एमालेले जित हात पारेको हो । नवनिर्वाचित गाउँपालिका अध्यक्ष २०७४ को स्थानीयतह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लँकबहादुर रोकाया सँग  २ मतले बिजय भएका थिए भने २०७९ मा पनि एमालेकै उम्मेदवार लँकबहादुर रोकायासँग ३७ मतले जित हात पारेर दोस्रो पटक पुन गाउँपालिकामा निर्वाचित भएका हुन । पहिलो कार्यकालमा आन्तरिक सड्क निर्माण सबै वडामा वडाका आफनै भवन निर्माण स्वास्थ्य सेवामा पहुच बिस्तार र शिक्षामा स्थानीय सरकारको ठुलो लगानीले उनि जनताका पृय भएको एक माओबादी नेताले भने । पछिल्लो समय मोबाइल टावर निर्माण र फोरजी ईन्टरनेट बिस्तारले पनि उनि जनताको नेता मानिन्छन । पाँच बर्षमा पूरा नभएका कार्य गर्न पनि आफनो जित जनताको हितमा भएको समान रुपमा जनताकाे हितमा काम गर्ने नवनिर्वाचित अध्यक्ष शाहीले गरेका छन । निकै प्रतिस्प्रधाका बिचमा शाही र रोकायाले गाउँपालिकामा पुन पाँच बर्ष काम गर्ने अबसर पाएकाछन ।

कुन जनप्रतिनिधिले कति मत प्राप्त गरे यो पनि पढ्नुहोस 

गा.पा. अध्यक्ष श्री दत्त बहादुर शाही (ने.क.पा. माओवादी.) १४०४ गा.पा. उपाध्यक्ष्य श्रीमती दुदा रोकाया (ने.क.पा. माओवादी.) १४५८ वडा अध्यक्ष वडा नं. १ श्री बाग बहादुर बुढा (ने.क.पा. माओवादी.) १२८ वडा अध्यक्ष वडा नं. २ श्री जग बहादुर सार्कि (ने.क.पा. माओवादी.) १११ वडा अध्यक्ष वडा नं. ३ श्री बिष्णु बुढा (ने.क.पा. माओवादी.) १२९ वडा अध्यक्ष वडा नं. ४ श्री कृति बहादुर बुढा (ने.क.पा. माओवादी.) १५४ वडा अध्यक्ष वडा नं. ५ श्री इच्छा बहादुर शाही (ने.क.पा. माओवादी.) ११८ वडा अध्यक्ष वडा नं. ६ श्री नरेन्द्र बहादुर शाही (ने.क.पा. एमाले.) २१८ वडा अध्यक्ष वडा नं. ७ श्री दत्त बहादुर बुढा (ने.क.पा. माओवादी.) २७६ वडा अध्यक्ष वडा नं. ८ श्री गोरख रोकाया (ने.क.पा. माओवादी.) २४९ वडा अध्यक्ष वडा नं. ९ श्री दिलिप कुमार बुढा (ने.क.पा. माओवादी.) १४८