जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित

जैतुन अनलाइन | 2022-05-14

डोल्पा: डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले बिजय सुरुवात गरेको छ । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओबादीले बिजय हात पारेको हो । अध्यक्षमा नारासिँह रोकायाले कुल मतको ७ सय ७० मत प्राप्त गरे भने उपाध्यक्षमा अमृता बोहराले ७ सय ५९ मतले बिजयी भईन । राेकायाका प्रतिधन्द्धी एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत प्राप्त गरे भने उपाध्यक्षमा एमलेकी चन्द्रावती थापाले ७ सय ४९ मत प्राप्त गरिन । बिजयी उम्मेदवार दुबै २०७४ को स्थानीयतह निर्वाचनमा निर्वाचित हुन । पाँच बर्ष सरकारमा रहेकाे माओवादी केन्द्रले निकै कडा प्रतिस्प्रधाबाट जित हात पारेको छ । समृद्ध गाउँपालिका र नमुना गाउँपालिका बनाउने सपना पूरा गर्ने जिम्मेवारी दिएर पुन अध्यक्षमा चयन गराइ दिएकोमा नवनिर्वाचित अध्यक्ष नारासिँह रोकायाले जनतालाइ बधाई धन्यबाद प्रकट गरे । रोकायाका अनुसार जनताको जनमतले फेरी पनि अध्यक्ष पदमा चयन भएको छु जनताको लागि काम गर्नेछु र जनताको अध्यक्ष भएकोले सबैको लागि स्थानीय सरकारको प्रमुख भएको बताए ।

त्यसै गरी गाउँपालिकाका ३ वडामा एमालेले जित हात पारेको छ भने २ वडामा माओबादी केन्द्र र एक वडामा नेपाली काँग्रेसले जित हात पारेको छ । वडा नम्बर १ मा नेकपा एमालेका शेरबहादुर लामाले वडामा  जितेका छन भने पूरै प्यानल एमालेले जितेको छ । त्यसैगरि वडा नम्बर २ मा नेपाली काँग्रेसका वडा अध्यक्ष भानुभक्त बुढाथोकी अध्यक्ष र अन्य ३ जना सदस्य नेकपा एमालेका बिजयी भएका छन । वडा नम्बर ३ मा भक्तबहादुर बोहोरा नेकपा एमालेबाट अध्यक्ष र पूरै प्यानल एमालले जितेको छ । वडा नम्बर ४ मा भिमप्रसाद बोहरा अध्यक्ष सहित सबै प्यानल माओबादीले बिजय भएको छ भने ५ नम्बर वडामा पनि भिमबहादुर बोहोरा अध्यक्ष सहित प्यानल माओबादी जित निकालेको छ । त्यसै गरि वडा नम्बर ६ मा कालीबहादुर बुढा अध्यक्ष सहित अन्य सदस्य एमालेले जित हात पारेको हाे । कर्णाली प्रदेशमै नेकपा माओबादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जितको सूरुवात गरेको छ । जिल्लाका अन्य स्थानीयतहमा मत गणना जारि रहेको छ । कुल १६ सय ९६ मतमा १५ सय १६ मत खसेको थियो ।