ठुलीभेरी नगरपालीकामा एक घर एक धार निर्माणले तिब्र गति लिदै ।

जैतुन अनलाइन | 2022-05-06

डोल्पा :  डेल्पा जिल्लाको ठुलीभेरी नगरपालीकामा एक घर एक धार निर्माणले तिब्र गति लिदै छ  । जिल्ला सदरमुकाममा रहेको ठुलीभेरी नगरपालिकाका वडा नं. २, ६, ८ र ९ का कुम्लि , डाँगीबाडा ,माझफाल थरगाउँ र भित्ति गाउँ समुदायमा करिब २९३ घरधुरीमा एक घर एक धारा निर्माणका क्रममा रहेका छन् । खानेपानी सरसफाई स्वच्छतालाई जनताको अधिकारकारका रुपमा स्थापित गरि खानेपानीको पहुँच पुर्याउने उद्देश्यका साथ यूनिसेफको नेपालको आर्थिक सहयोगमा हाल यो कार्यक्रम डोल्पा जिल्लामा सञ्चालित छ । सुरक्षित खानेपानी समुदाय सुनिश्चित गर्ने उद्देश्यका साथ हाल यो कार्यक्रम डोल्पा जिल्लाको दुई वटा स्थानीय तह सँग साझेदारीमा डोल्पा वातावरण,संकृतिक विकास यात्रा डिकेडको सहजिकरणमा सञ्चालन गरिएको छ । जिल्लाको तल्लो भोट मुडकेचुला गाउँ पालिका र जिल्ला सदरमुकाम रहेको ठुलिभेरी नगरपालिकामा केन्द्रित रहि जम्मा ६ वटा समुदाय खानेपानीको पहुँचमा पछि पढेका समुदायको खानेपानी सुरक्षा योजना बनाई सोको कार्यन्वयन गरिएको छ । खानेपानी योजनाको प्रमुख जोखिम के छन् सो जोखिमलाई बिश्लेषण गरि पानी सुरक्षा टोली गठन गरि योजना कार्यन्वयन गर्न सहयोगी र साझेदार मार्फत हाल नगरपालिका र यूनिसेफको संयूक्त लगानीका डिकेड डोल्पाको प्रविधिक सहजीकरणमा गतिबिधिीहरु बढाईएको छ ।

 घरघरमा निर्माण गरिएका खानेपानी धारा ठुलीभेरी नगरपालिका वडा नं ६ थरगाउँ माझपाल डोल्पा     (फोटो :  बुध चन्द्र बुढा)

यस संस्थाले डोल्पाको आवश्यकता र यहाँको वस्तुगत धरातललाई हेरी यूनिसेफको साझेदारीमा एक नमुना वस्ति वनाउन यो कार्यक्रमको लागु गरि कार्यन्वयन गरेको हो । योजनालाई विकास नभई मागिखाने प्रबृद्धिको अन्त्य गर्न यो एक उदारणीय बन्नेछ भन्ने आशा लिएका छौ । तेसै गरि खानेपानी योजना सञ्चालनमा आएका समस्या बाधा कठिनाईलाई सामाधान गर्दै एक घर एक घाराको अवधारण अनुसार ३० मिटर दुरी भित्र खानेपानीको पहुँच हुनु पर्ने नेपाल सरकारको मापडण्डका आधारमा हाल यो कार्यक्रम घना वस्ति भएका जागरुक समुदाय छानौट गरि समुदायमा खानेपानी स्वच्छता र सुरक्षित खानेपानी बारे अभिमुखिकरण पश्चात साझा अवधारण बनाई कार्यान्वयन गरिएको बारे जानकारी दिनु हुन्छ परियोजनाका सब ईन्जिनियर बुधचन्द्र बुढा । हाल ठुलिभेरी नगरपालिकाको वडा नं. २ कुम्ली मा रहेको विगत कुम्लि खानेपानी योजनामा ५५ घरधुरी तेसै गरि सोही नगरपालिकाको वडा नं. ८ र ९ मा रहेके डाँगिबाडा टोलमा १६१ घरधुरी , माझपमल वडा नं ६ को थरगाउमा ६५ र वडा नं. ९ को भित्ति खानेपानीमा १२ घरधुरीमा धारा निर्माण गर्ने र खानेपानी सञ्चान पश्चात पानीको गुण स्तर जाँच गरि सुरक्षित खानेपानी समुदाय प्रमाणित गरि घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिनु हुन्छ परियोजनाका सब ईन्जिनियर बुधचन्द्र बुढा ।

 सुरक्षित खानेपानी वितरणका लागि निर्माण भएको डाँगिवाडा खानेपानीको रिर्जभ्वायर टंकी ठुलिभेरी नगरपालिका वडा नंं ८ डाँगिबाडा सब  तस्विर : ईन्जिनियर तिलक आर.सी 

समग्रमा विकासको हिसाबले पछि परेको डोल्पा जिल्लामा यस कार्यक्रमले निकै प्रभाव लिने देखिन्छ । स्थानिय तथा वाह्य सामाग्री ढुवानीमा समस्या, दक्ष कामदारको कमी र कहिले मौसमका कारण अनी आसन्न चुनावको कारणले काममा अली असर पुगेता पनी चुस्त दुरुस्त र गुणस्तरीय कामको अवधारणा बोकेको यस कार्यक्रमले स्थानियको आधारभुत आवश्यकता लाई पुर्ती गर्ने विश्वास स्थानिय उपभोक्ता समितीले व्यक्त गर्नुभएको छ । डोल्पा जिल्लाको जम्मा ८ वटा स्थानीय तहहरुमा हाल खानेपानी तथा सरसफाईको अवस्थालाई हेदा यहाँको १० प्रतिशतले मात्र सुरक्षित खानेपानी पाएको अनुमान गर्न सकिन्छ यस जिल्लाको तल्लो भोट र माथिल्लो भोट गरेर दुई भेक क्षेत्र रहेको र वस्ति टाढा रहेकाले विकास गर्न कठिन रहेको भन्नु हुन्छ यहाँका राजनैतिक कर्मि तथा समाज सेवी रकम राज्यबाट आउने तर अपुगता र सही कार्यन्वयनको अभावले कठिन रहेको भन्ने कुरा सवैको भनाई एक स्वरमा आउने गर्दछ भने जिल्लाको विकासमा एकिकृत विकास स्थानिय तहको सक्रिय सहभागीता आवश्यक रहेको र यस जिल्लालाई राज्यले पनि भिन्न सोचका साथ योजना तथा कार्यक्रम लागु गरेमा मात्र सम्भव देखिन्छ ।