जनतासँग मेरो सम्बन्ध राम्रो छ मिडियाले भ्रामक समाचार लेखे : पूर्व पर्यटन मन्त्री धनबहादुर बुढा

जैतुन अनलाइन | 2022-05-02

डोल्पा : नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य एबम पूर्व पर्यटन राज्य मन्त्री धनबहादुर बुढाले बिज्ञप्ती जारी गरेकाछन । डोल्पा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरी रहेका धनबहादुर बुढाको बिषयमा पछिल्लो समय बिभिन्न मिडियाले भ्रामक समाचार लेखेको प्रति ध्यानाकर्षण भएकाे जनाएका हुन । आइतबार एक प्रेब बिज्ञप्ती जारी गर्दै भनेका छन डोल्पाली जनता र आफु बिचको सम्बन्ध सुमधुर रहेको र केहि ब्यक्तिले पद नपाएको र केहि मिडियाकर्मिले निहित स्वार्थ लिन नपाएपछि आफनो बिरुद्धमा भ्रामक समाचार लेखेर जनता र आफु बिच फुट ल्याउने प्रयास गरेको आरोप लगाएका छन ।

उनको बिज्ञप्तीमा लेखिए अनुसार माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा चुनावको प्रचार प्रशारमा गएकोबेलामा जनताका केहि असन्तुष्टीहरु सुन्ने क्रममा केहि गुनासा आएका हुन फालुले कतैपनि दवाव नदिएको चुनावमा गठबन्धनको भागबण्डा मिलाउन धाे पुगेको र जनताले दुख पाउने कुनैपनि काम नगरेकाे दावी गरेका छन । केहि समय डोल्पोबुद्ध गाउँपालिकाको धो मा जनतासँग बसेकै क्रममा स्वास्थ अबस्थामा समस्या आएकोले काठमाण्डौ झरेको तर त्यहि बिषयलाइ लिएर केहि मिडिया र ब्यक्तिहरुले जनताले लखेटेको र भगाएको भनेर भ्रामक समाचार लेखी चरित्र हत्या गर्ने प्रयास गरेको प्रति आपत्ती जनाएका छन । उनले भनेका छन म सदैभ डोल्पाका जनताको लागि काम गर्छु धो बासि सबैप्रति समान ब्यहार छ कुनै नराम्रो सम्बन्ध छैन र रहि रहेनेछ त्यस्ता समाचारको पछि नलाग्न डोल्पाका जनतालाइ अनुरोध गरेका छन ।

नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य डोल्पा जिल्ला ईन्चार्ज र पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका धनबहादुर बुढा बिगत २०७० सालदेखी नै डोल्पा जिल्लाको प्रतिनिधि सभा सदस्यको रुपमा प्रतिनिधित्व गरि रहेका छन । एमालेबाट जितेका बुढा हाल नेकपा एकिकृत समाजबादीमा रहेकाछन । जनता र आफु बिच फाटो ल्याउने प्रयास मिडियाले गरेकोले यस्ता कार्य नरोके कानुनी पाटोमा जाने उनको बिज्ञप्तीमा उल्लेख छ । मिडियाले लेखे जस्तो अबस्था डोल्पामा नभएको र भ्रामक समाचारले जनताहरुमा फुट ल्याउने खतरा समेत बढेको बुढाको दावी छ ।

बिज्ञप्ती पढ्नुहोस

उता धो बासिहरु भने धनबहादुर बुढाले राजनितिक रुपमा हस्तक्षेप गरेकोले हामी महिलाहरुले बुढालाइ अब धोमा न आउनुस हामीलाइ भय रहित रुपमा मतदान गर्न दिनुहोस भनेर अनुरोध गरेका हौ तर लखेट्ने गरोका हैनौ भनेर कार्मा साङ्मु लामाले बताइन । लामा भन्छिन धनबहादुर बुढा आउन जरुरी छैन हामीले स्थानीयतहमा असल नेता छान्न अधिकार छ उहाँ आउदा हामीलाइ असहज हुन्छ नागरिक खुलेर बोल्न सक्दैनन । स‌घमा उम्मेदवार भए भोट हालुला तर स्थानीयतहमा तपाइ नआएपनि हुन्छ भनेर महिलाहरुले धो मा नबस्न भनेको लामा बताउछिन ।