डोल्पा : २०७४ जस्तै यहि बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा पनि डोल्पामा निर्विरोध हुदै गएकाे छ । काईके गाउँपालिकामा सबै पदका उम्मेद्धार निर्विरोध चयन भएपछि बैशाख ३० गते निर्वाचन नहुने भएको हो । नेकपा एकिकृत समाजबादीबाट गाउँपालिका अध्यक्षमा अगद राना र नेपाली काँग्रेसबाट निमा बुढा उपाध्यक्षमा चयन भएका हुन । एकिकृत समाजबादीकाे कर्णाली प्रदेशमै स्थानीयतहमा निर्बिरोध अध्यक्ष राना बने भने नेपाली काँग्रेसबाट कर्णालीमै निर्बिरोध उपाध्यक्षा निमा बुढा बनिन । १२ गते उम्मेद्धारी दिएका सबै पदका उम्मेद्धार बिरुद्ध दावी बिरोध नपरेपछि ७ वडाका सबै प्रतिनिधि र गाउापालिका अध्यक्ष उपाध्यक्ष निर्बिरोध चयन भएका हुन । निर्बिरोध चयन भएका जनप्रतिनिधिलाइ निर्वाचन कार्यालयले प्रमाणपत्र दिन मात्रै काँकि रहेकाे र प्रकृया पूरा गरेर घोषणा गरि प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालय काईकेले जानकारी दिएको छ ।
गाउँपालिका अध्यक्षमा अगद राना उपाध्यक्षमा निमा बुढा वडा नम्बर १ काे अध्यक्षमा छिरिङ्तुण्डुप लामा २ मा ओमकार राेकाया ३ मा राजु बुढा ४ मा राजु झाँक्री ५ मा राजु राेकाया ६ मा नरेन्द्र रोकाया र ७ मा रामचन्द्र राेकाया चयन भएका हुन । वडा अध्यक्षहरुमा वडा नम्बर २ का ओमकार राेकाया बाहेक अन्य सबै जनप्रतिनिधिहरु पूरानै दोहोरिएका छन । वडा अध्यक्षहरुमा ३ एमाले २ समाजबादी २ नेपाली काँग्रेसका रहेका छन भने वडा सदस्यहरु समाबेशी तरिकाले चयन भएकाे नवनिर्वाचित गाउँपालिका अध्यक्ष अगद रानाले जानकारी दिए ।
अगद राना २०७४ मा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष बनेका थिए भने याे पटक एकिकृत समाजबादीबाट अध्यक्ष बनेका छन । गाउँपालिकाका सबै जनप्रतिनिधिहरु निर्बिरोध चयन भएछि निर्वाचन नहुने भएको हो । निर्वाचन नहुने भएछि निर्वाचन अधिकृतको कार्यालयले नियमित हुने काम गर्ने तर घोषणाको लागि भने बैशाख ३० मा हुने निर्वाचन कुर्नुपर्ने छ । निर्वाचन नभएछि सरकारको लाखौ बजेट समेत बचत भएको छ भने कर्मचारीहरु समेत ढुक्क भएका छन ।