डोल्पा : सकिदै गरेको कार्याकालका जनप्रतिनिधि हरुले आफ्नो कार्यकालमा आफ्नो तहमा कति काम सपारे होलान र जान अन्जान मा कति बिगरेका पनि होलान । यसपटक निर्वाचित भएर आउने जनप्रतिनिधि हरुको लागि तेहि सुधार भएको कामलाइ निरन्तरता र बिग्रेका काम लाई सुधार गर्न नै मुख्य चुनौती हुनेछ त्यसैले जो कोही ले जति लामो घोषणा पत्र बनाए पनि कार्यन्वयन गर्ने बेला त्यो समाज , नागरिक ले पनि साथ र सहयोग गर्दैनन् यदि त्यहा स्वार्थ नभए हजार थरी मान्छे का हजार थरी सोच चाहाना र शब्द हरु निस्कन्छ्न ।
अनि यस्तो अवस्थामा आउदै गरेको चुनाव को लागि उम्मेदवारी दिनु , चुनाव जित्नु अनि जितेर पनि आफ्नो जिम्मेवारी निभाउनु भनेको सायद काडा माथी पाइला चाल्नु जस्तै हुनेछ । त्यसैले उक्त कठिन अनि जटिल चुनौतीपूर्ण पथ मा हिंड्न सोही किसिमको क्षमता र दक्षताको आवश्यकता पर्दछ । न कि पछि गएर कसैको आलोचना सुन्नु परोस , अरुले बेइज्जत गर्लान या नगर्लान तर आफुमा आफै बैज्जती महसुस गर्नु परे त्यो जति नमज्जा केही हुनेछैन महोदय ।
फुल्दै गरेको स्थानीय तहको अभ्यासमा पानी को सट्टा एसिड हाल्न थालियो भने त्यो गमला त रहिरहन्छ त्यसमा फुल पनि रोपिन्छ तर फक्राउन पाउदैन हजुर ,हेर्दा त पानी र एसिड को रङ्ग उस्तै भए पनि ढंग पुर्याएर छुट्टाउन सक्ने क्षमाता अनि ज्ञान नभए नोक्सानी नै बेहोर्नु पर्छ । साथै आफ्नो रास्ट्र,आफ्नो समाज ,आफ्नो पार्टी अनि आफ्नो राजनितिक भविस्य नै धरापमा पर्न सक्छ। हुनत मान्छे चिन्न गाह्रो हुन्छ भन्छन् तर सो व्यक्ति को ३ पुस्ताको पारिवारिक इतिहास केलाउन सके हामी केही हद सम्म बैज्ञानिक हिसाबले नै अड्कल गर्न सकिन्छ ।
तपाइँको अघि अहिले जस्तो व्यबहार गरे पनि बंशज मै तेस्तो गुण भएका लाई समयमै चिन्न सक्नु पर्दछ । त्यसैले कोही कैसैले पनि कसैको भविस्य लाई धरापमा पार्ने कदम नचालौ ,सकभर हाम्रो भित्र को पनि सबैको राम्रो लाई जिताउ नभए जुन पार्टीको भए पनि आफ्नो अर्काको नभनी सिङ्गो समाज र रास्ट्रको उज्ज्वल भविस्य निर्धारण र सुनिश्चित गर्ने व्यक्ति लाई जिताउ । भोट हाल्ने अनि भोट माग्ने सम्पुर्ण मा शुभकामना ।