डोल्पा : यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा डोल्पामा गठबन्धन नहुने भएको छ । स्थानीयतहमा भागबण्डा गर्नको लागि जिल्लामा बसेको गठबन्धनको बैठकमा स्थानीयतह बाँटफाटमा सहमति हुन नसक्दा गठबन्धन टुट्ने भएको हो । केन्द्रीय निर्णय र र्सकुलर अनुसार जिल्लामा पनि गठबन्धनले नेकपा एमालेलाइ स्थानीयतहकाे निर्वाचनमा पराजित पार्न मिलेर चुनावमा जानको लागि स्थानीयतहको भागबण्डा मिलाउन बैठक बसेपनि तिनवटै दलको फरक धारणा आएकोले सहमति हुन नसकेको नेपाली काँग्रेसका जिल्ला सभापती दिपेन्द्रबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार गठबन्धनको बैठक बसेर स्थानीयतहमा सबै पदकाे भागबण्डामा छलफल भएको र मओबादीले ५० प्रतिशत स्थानीयतहको प्रमुख मागेको र समाजबादीले पनि सोचे भन्दा धेरै तहमा भाग खोजेपछि नेपाली काँग्रेस कतैपनि नपाउने अबस्था आयो हामीले पनि आफ्ना अडान छाड्ने कुरा भएन त्यसैले सहमति हुन सकेन र अब चुनाबमा आ आफ्नै दलबाट लड्ने भनेरे निर्णय गरि केन्द्रलाइ जानकारी पठाउनु गरेकाे बताए ।
गठबन्धनको निर्णय पढ्नुहोस
२०७४ सालको निर्वाचनमा डोल्पाका ८ स्थानीयतहमा ६ वटामा नेकपा एमालले जितेको थियो । सोहि अनुसार नेकपा एमालेले जितेको स्थानीयतह र समाजबादीको पकट भएको क्षेत्रमा समाजबादीले भाग मागेको थियो । समाजबादीले ९२ प्रतिशत जनप्रतिनिधि सहितको हस्ताक्षर गरेर पार्टी स्थाापना गरेकोले नगरप्रमुख समाजबादीले मागेको बेला माओबादीले र काँग्रेस दुबैले नगरप्रमुख नछाडेपछि आफुहरुपनि गडबन्धनको बैठकबाट बाहिरिएको प्रदेश र सँघको सम्यन्त्रले मिलाउने सामाजबादीका डोल्पा जिल्ला अध्यक्ष नन्दसिँह बुढाले जानकारी दिए । अध्यक्ष बुढाका अनुसार डोल्पामा समाजबादी पनि बलियो पार्टी भएकोले माओबादी केन्द्रले र नेपाली काँग्रेसले ठुलीभेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाड हुनुपर्ने बताए।
नेपाली काँग्रेस,नेकपा समाजबादी र माओबादी केन्द्र बिच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाइ फेरी सहज हुने एमालेका एक नेताले बताए । जनमत समेत भएको र २०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजबादीले माग गरेको र जता एमाले बलियो छ त्याहा माओबादी केन्द्रलाइ दिने र जहा एमाले कम्जोर छ त्याहा आफु लड्ने समाजबादीको अडानले गर्दा बैठकबाट बाहिरिएको माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज बिक ले जानकारी दिए । उनका अनुसार सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीयतहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्ला एक्लै लड्नुपर्ने अबस्था आएको तर गठबन्धन नै टुटी नसेको बचाउ गरे उनले भने छलफल जारी हुनेछ गठबन्धन टुटेको भने छैन ।
चैत्र २९ गतेदेखि निरन्तर बसि रहेको गठबन्धनको बैठकले बैशाख २ गतेपनि स्थानीयतहको प्रमुख उपप्रमुख र वडामा भागबण्डाबारे सहमतिको टुङगो लगाउन नसकेपछि डोल्पामा गठबन्धन टुट्ने भएको हो ।स्थानीयतहको निर्वाचनमा कुनैपनि तहमा कुनैपनि पदमा सहमति नभएकोल डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो । गठबन्धन नुहेन भएपछि एमालेले भने उम्मेद्धारमा समेत फेरबदल गर्ने सँकेत देखिएको छ । २०७४ सालको स्थानीयतहको निर्वाचनमा एमालेले ६ स्थानीयतह जितेको र ठुलो हिस्सा एमालेमै रहेकोले पनि एमाले बलियो भएको नेकपा एमालेका डोल्पा जिल्ला सचिब लँकबहादुर रोकायाले दावी गरे । २०७४ सालमा २ गाउँपालिका माओबादी केन्द्रले जितेको थियो भने २ नगरपालिका र ३ गाउपालिका एमालले जितेकाे थियो र एक गाउपालिकाका स्वतन्त्र जितेकाले पनि एमाले प्रबेश गरेका थिए ।