डोल्पा : नेकपा एकिकृत समाजबादी पार्टिका अध्यक्ष माधब कुमार नेपाल सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले सहित कर्णाली प्रदेशका ईन्चार्ज प्रकाश ज्वाला सहित पार्टीको भेलालाइ सम्बोधन गर्न डोल्पा पुगेका हुन । बिहान साढे दशमा सदरमुका दुनै पुगेका आले दिनभर बसेर ४ बजे पार्टीकै कार्यक्रममा पर्वत गएका छन । एमाले प्रति लक्षित गर्दै एमाले निजी कम्पनी भएकोले आफनो पार्टिलाइ सहयोग गर्न भन्दै डोल्पाका सबै योजना तत्काल सम्बोधन हुने दावी गरे ।
पूर्व राज्य मन्त्री धनबहादुर बुढाले डोल्पाका करिव १३ सय कार्यकर्ता नेकपा एसमा प्रबेश गराएकोले नेकपा एसमा प्रबेशमा डोल्पाले देशमै पहिलो भएको भन्दै नेकपा एसका अध्यक्ष माधब नेपालले धनबहादुर बुढाको प्रसंसा गरे ।हरेक कुरा कलम चिन्ह भएको पार्टिले गर्ने र जनताको पार्टी पुरानो पार्टी भएको भन्दै एमालेलाइ लक्षित गरि कसैको साथ नचाहिने र गठबन्धन नै काफी भएकोले गठबन्धनमा पार्टि बलियोको आधारमा स्थानीयतहको निर्वाचन हुने बताए ।
गाउँबाट आएका कार्यकताले प्रबेश गरेका छन । सबै भन्दा धनबहादुर बुढाको जन्मथलो काईके गाउँपालिकाबाट करिब ७ सय भन्दा धेरैले समाजबादी रोजेका हुन । सामान्य कार्यकर्ताले पार्टि प्रबेश गरेपनि एमाले लगायत अन्य कुनैपनि पार्टिका जनप्रतिनिधिले भने प्रबेश गरेनन । कार्यकता जिल्लाको भेलामा जम्मा गर्न लाखौ रकम तिरेर ईन्द्रनी ग्रुपलाइ समेत कार्यक्रममा लगिएको थियो । कार्यक्रममा पार्टिको कार्यक्रम भन्दा पनि ईन्द्रेनीको रमाइलो हेर्नेहरुको कमि भने थिएन ।