डोल्पा : नेकपा (एकीकृत समाजबादी) ठुलीभेरी नगर कमिटी गठन भएको छ। चुनाब नजिकिदै गर्दा राजनितिक दलले बिभिन्न कमिटि गठन देखी कार्यकर्ता तानातानका कार्यहरु तिब्र पारेका छन । बिहिबार ठुलीभेरीमा गठन भएको नगर कमिटिमा अध्यक्ष हरिचन्द्र डाँगी, उपाध्यक्षहरु जयकृष्ण बुढा, अञ्जु के.सी., सचिव दिपलाल कार्की, उपसचिवहरु हात्ती राम रोकाय, नरेन्द्र रोकाय र सुमन कुमार शाही लगायत ५७ सदस्सीय नगर कमिटि गठन भएको प्रचार प्रशार सयोजक बबिकिशोर गूरुङले जानकारी दिए। गूरुङका अनुसार कार्यक्रम मा जिल्ला पार्टी अध्यक्ष नन्दसिङ बुढा, सचिव हरी प्रसाद डाँगी र नगर कमिटी इन्चार्ज बबि किशोर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो।