दुनै : नेकपा (एकिकृत समाजबादी) काे चैत्र २७ गते हुने जिल्ला भेला तथा पार्टी प्रबेश कार्यक्रमको तयारी तिव्र पारेको छ । मगलबार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष माधब कुमार नेपाल सहित कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वाला सहित सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले र पूर्व पर्यटन राज्य मन्त्री तथा नेकपा (एकिकृत समाजबादी) का केन्द्रीय सदस्य धनबहादुर बुढा सहितको टोली डोल्पाको कार्यक्रममा आउने भएकोले कार्यक्रमको तयारी तिव्र पारिएको बारे प्रचार प्रशार सयोजक बबिकिशाेर गूरुङले जानकारी दिए । चैत्र २७ गते हुने जिल्ला भेला तथा पार्टी प्रबेश कार्यक्रममा जिल्लामा ठुलाे राजनितिक परिवर्तन हुने भएकोले पनि यो कार्यक्रम निकै महत्वपूर्ण भएको नेकपा (एकिकृत समाजबादी) डोल्पाको दावी छ ।
नेकपा (एकिकृत समाजबादी) डोल्पाले जारी गरेकाे प्रेस बिज्ञप्तीमा के छ यो पनि पढ्नुहोस
नेकपा (एकिकृत समाजबादी)को प्रेश बिज्ञप्ती
डोल्पा जिल्लाबाट २०७० साल अनि २०७४ सालदेखी एमालेबाट प्रतिनिधि सभाको प्रतिनिधित्व गरेका धनबहादुर बुढाले एमाले फुटेसँगै (एकिकृत समाजबादी) मा लागेपछि डोल्पा जिल्लाको राजनितिमा अनेक थरि आकलनहरु भने हरेक ब्यक्तिले अटकल बाजी गरि रहेकाछन । यता (एकिकृत समाजबादी)भने बुढा समाजबादीको केन्द्रीय सदस्य र जिल्ला ईन्चार्ज समेत भएकोले बजारमा भएका सबै हल्ला भएको जिकिर गरिरहेका छन ।
स्थानीयतहको निर्वाचन नजिकिएसँगै राजनितिक सर्मागर्मि दिनानुदिन बढि रहेको छ । निकै चर्चामा रहेकाे राजनितिक गठबन्धन बारे डोल्पामा अब समाजबादी कसरी जान्छ भन्ने बारे पत्रकारले सोधेको जवाफमा नेकपा (एकिकृत समाजबादी)का पोलिटब्यूरो सदस्य हशबहादुर शाहीले एमाले बाहेक अन्य सबै राजनितिक दलसँग गठबन्धन हुने ठोकुवा गरे । जनमतकाे आधारमा सबै स्थानीयतहमा उम्मेद्धारलाइ टिकेट दिईने र माओबादीसँग पूर्ण रुपमा गठबन्धन हुने बताए । केहि दिनमा नेपाली काँग्रेस एकिकृत माओबादी र गठबन्धनका सबै दलसग छलफल गरि उम्मेद्धारको समेत टुङगो लगाइ कुन स्थानीयतहमा कसरी जाने भन्ने निर्णय हुने समेत शाहीले जानकारी गराए ।
चैत्र २७ गते हुने जिल्ला भेला तथा पार्टी प्रबेश कार्यक्रम थप रौनक बनाउन चर्चित कलाकारहरु र ईन्द्रनीको टोलि समेत आउने र नाचगान सहितले झनै कार्यक्रम फलदायी हुने नेकपा (एकिकृत समाजबादी) डोल्पाको दावी छ । जिल्ला भेला तथा पार्टि प्रबेश कार्यक्रममा जिल्लाका सबै स्थानीयतहबाट नेकपा (एकिकृत समाजबादी)मा आउने तर अहिलेनै सबै कुरा भन्न नमिल्ने २७ गते सबैले जानकारी पाउने प्रचारप्रसार सयोजक बबिकिशोर गूरुङले जानकारी दिए । चुनाब नजिकिएसँगै सबै दलले आफना कार्यकर्ता रोकि राख्ने र अरु दलका कार्यकर्ता तानातान गरि रहेका छन । पूर्व पर्यटन राज्य मन्त्री नेकपा (एकिकृत समाजबादी)का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धनबहादुर बुढाले कुन पार्टी चयन गर्नेहुन भन्नेबारे कुनैपनि दलका नेताले भन्न सकेका छैनन भने कार्यकर्ता समेत २७ गते पर्खेका छन । कलाकार समेत आउने भएकोले रमाइलो हेर्न जिल्लाभरका नागरिक आउने भने पक्का भएको छ ।