दुनै : एकिकृत समाजबादी निकट भातृ सगठन बिस्तार गरिएको छ । डोल्पामा एकिकृत समाजबादी निकट एकीकृत स्वास्थ्यकर्मी संगठन जिल्ला कमिटि गठन भएकाे छ । बमबहादुर कार्किको सयोजकत्वमा ३८ सदस्सिय जिल्ला कमिटि गठन गरे लगत्तै उक्त सगठनले जिल्ला अस्पताल डोल्पामा ४० हजार बराबरको औषधि सहयोग गरेको छ ।
स्वास्थ्य क्षेत्रको पारदर्शिता ,सहजता ,उपलब्धता र गुणस्तर को लागि , स्वास्थ्य कर्मी हरुको कर्तव्य र हक अधिकार को सुनिश्चितता को लागि व्यक्तिगत रुपमा होइन , सामुहिक ,संगठनिक र सब्य रुपमा वकालत गर्नको लागि गठन भएको बम बहादुर कार्किले दावी गरे । एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल डोल्पा जिल्लाको ३८ जनाको भौतिक रुपमै भेला गराएको र बाँकी १५ जना को फोन कल सहभागी भेलाले एकीकृत स्वास्थ्यकर्मी संगठन जिल्ला कार्यसमिति गठन गरेको छ।
चयन भएका पदाधिकारी हरुमा अध्यक्ष : बम बहादुर कार्की उपाध्यक्ष : तेज बहादुर शाही महिला उपाध्यक्ष : समिना न्यौपाने सचिव : नरजंङ्ग शाही सह-सचिव पुष्पा शाही कोषाध्यक्ष जगबर बुढा सदस्यहरु विष्नामति कार्की भावना रोकाय राजन बुढा नगेन्द्र बोहरा कपिल बिक विष्णुरुपा कार्की फुला सार्की मन्दिपा बुढा सुनिता रोकाय रहेका छन ।
संगठन लाई सेवामुखी बनाउन मेरो व्यक्तिगत तर्फबाट र यस संगठन मार्फत रु ४०,०००। बराबरको औसधि सामाग्री जिल्ला अस्पताल डोल्पा लाई सहयोग गरेको र यस कार्यक्रम लाई सफल बनाउन उपस्थित हुनु भएका प्रमुख अथिती ,विशेष अथिती र अन्य अथिती लगायत सम्पुर्ण सहभागी हरुप्रति आभारी रहेको कर्णाली प्रदेश उपाध्यक्ष राजन डाँगीले बताए ।निर्वाचन नजिकिएसँगै बिभिन्न दलसँग आबद्ध रहेका भातृसगठन निर्माणदेखी पुनगठन हुन थालेका छन ।