कम्यूटर एसाेसिएसन नेपाल महास‌घ (CAN) डोल्पा गठन ।

जैतुन अनलाइन | 2022-03-18

दुनै : कम्प्यूटर एसाेसिएसन नेपाल महासँघ (CAN) ले डोल्पामा पनि शाखा बिस्तार गरेको छ । (क्यान) ले ७३ औँ जिल्ला शाखाको रुपमा डोल्पामा आफ्नो शाखा बिस्तार गरेको हो । जिल्ला भेला र साधारण सभाबाट ७ सदस्यि जिल्ला कार्यसमितिको चयन गरेको (CAN) ले जानकारि दिएको छ । पहिलाे भेला तथा साधारण सभाबाट सन्तोष गूरुङ्गको अध्यक्षतामा मन प्रसाद थापा उपाध्यक्ष डेबिड पहाडी सचिब कृष्ण कार्कि कोषाध्यक्ष पवित्रा कार्कि सह सचिव टेकबहादुर शाहि सदस्य र अरुण रोकाया सदस्य चयन भएका हुन । याेगेन्द्र बहादुर बुढा र दिलमाँया केसि (CAN)  डोल्पा शाखाको सल्लाहकारमा मनाेनित भएका छन ।

सूचना प्रबिधिको बिकाससँगै बढिरहेको जोखिमलाइ न्युनिकरण गर्न गर्न (CAN)  जिल्ला शाखाको भुमिका ठुलाे रहेको र नागरिकलाइ सूसुचित गराउन अग्रणी भुमिका रहने हुदा यस्को फाईदा स्थानीय सरकारलाइ समेत टेवा पुग्ने बिश्वास रहेको (CAN) का महासचिव नारायण थापाले बताए । बिधालय स्तरमा समेत सूचना प्रबिधिबारे ज्ञान प्रदान गर्नुका साथै हरेक सरकार सफल बनाउन (CAN) ले सहजीकरण गर्ने र प्रबिधिको सहि सदुपयोगमा टेवा पुग्ने दुइृमत नरहेको (CAN) का केन्द्रीय अध्यक्ष नवराज कुवरले दावी गरे ।

हरेक हिसाबले कर्णाली पछि भएपनि नागरिकलाइ सहि सूचना दिन र सूचना प्रबिधिको सुरक्षाका साथै ब्यक्ति तथा स‌ास्थाको तथ्याङ्कको गोपनियतामा समेत ख्याल गर्नको लागि (CAN) ले सहयोग पुर्याउनेमा कुनै कसुर बाँकी नराख्नेमा (CAN)  कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश च्नदले प्रतिबद्धता जनाए । (CAN)  डोल्पाले झनै यो कुरामा महत्वपूर्ण भुमिका खेल्ने र सबै सरकारी निकाय सँस्था तथा ब्यावसायिक ब्यक्तिहरुसँग सहकार्य गरेर जाने बारे नवनिर्वाचित जिल्ला अध्यक्ष सन्तोष गूरुङ्गले बिश्वस्त पारे । कम्प्यूटर एसाेसिएसन नेपाल महासँघ (CAN) डोल्पाले पूर्णता पाएसँग यससँग आबद्ध तथा सदस्यता लिन चाहने सबैले (CAN) को कार्यबिधि तथा नियमानुसार लिन पाउनेछन । (CAN) ले सूचना प्रबिधिको सहि सदुपयोग र साइबर सुरक्षाका बारेमा ज्ञान तथा सिप प्रदान गर्नेछ ।