दुनै : जिल्ला कारागार डोल्पाबाट एक कैदि भागेका छन । कारागारकाे पर्खाल नाघेर भागेका कैदिलाय प्रहरीले फेरी पक्राउ गर्न सफल भएको छ । कर्तब्य जान मुद्धामा जिल्ला अदाललतबाट जन्म कैद सजाय भाेगि रहेका एक कैदिले शनिबार पर्खाल बाट हाम फालेर भागेकाे जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । कर्तब्य ज्षान मुद्धामा सजाय भाेगि रहेका खिमबहादुर नेपाली जिल्ला कारागारको पर्खाल नाघेर शनिबार दिउसाे ४ बजेर ४० मिनेट जादा भागेका थिए ।
प्रकाश बि.क. को जाहेरी अनुसार खिम बहादुर नेपाली कर्तब्य ज्यान मुद्धामा डोल्पा जिल्ला अदालतको मिति २०७८।०८।१५ गतेको फैसलाले जन्म कैद र रु ५०,०००।– (पचास हजार ) क्षतिपुर्ति हुनेगरी जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए । कैदि खिम बहादुर नेपाली कारागारको पर्खाल बाट हाम फाली भागेपछि ड्यूटीमा खटिएका प्रहरी टोलीले नै ठुलिभेरी न.पा. वडा न. ३ मेलसरा स्थित जंगलमा ७ बजेपछि फेला पारेर पुन पक्राउ गरी थुनामा राख्न सफल भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएकाे छ ।