दुनैमा मास्क नलगाउने २४ जना प्रहरीको कारवाहीमा

जैतुन अनलाइन | 2022-01-28

दुनै :  नेपाल प्रहरीले मास्क नलगाउने २४ जना नागरिकलाइ जरीवाना गरेकाे छ । काेराेना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनले दैनिक स‌क्रमणको जोखिम बढाइ रहेको बेलामा जिल्ला प्रहरी कार्यालय डोल्पाले तपाईको मास्क खै अभियानलाइ बिशेष तिव्र पारेकाे छ । शुक्रबार दिउसो डोल्पा सदरमुकाम दुनैमा  सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मास्क नलगाएर बजारमा हिडि रहेका नागरिकलाइ कारवाही गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा  बजारका व्यवसायी, स्थानिय बासी, यात्रुहरुलाई “तपाईको माक्स खै” अभियानकै क्रममा २४ जनालाइ एक सय रुपैया जरीवाना गरि कारवाही गरिएकाे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक निरन्जन थापाले जानकारि दिए । डिएसपी थापाका अनुसार दुइृ हजार ४ सय जरिवाना गरेर राजश्व समेत स‌कलन भएको र नागरिकलाइ जरिवना भन्दा पनि सचेत बनाउनको लागी जरिवाना गरिएको दावी गरे । जिल्ला बिपत ब्यवस्थापन समितिले मास्क नलगाउनलेलाइ एक सय रुपैया जरिवाना सहित कारवाही गर्ने निर्णय गरेको थियो ।

तपाईको मास्क खै अभियानमा मास्क नलगाएका नागरिकलाइ मास्क बितरण गर्दै

नयाँ ओमिक्रोन कोभिड-१९ कोरोना भाईरसको स‌क्रमण पछिल्लो केहि दिनदेखि बढ्ने क्रममा रहेकाे बेलामा प्रहरीले स‌क्रमण राेकथाम र नियन्त्रणका लागी बिशेष अभियान चालेकाे प्रहरीले दावी गरेकाे छ ।  डोल्पामा ३ दिनमा ७ जना स‌क्रमित रहेकाछन भने जिल्ला बाहिरबाट जिल्लामा भित्रिने नागरिकको एनटीजिन परिक्षण भने अनुसार नभएकाेले पनि स‌क्रमितको स‌ख्या कम देखिएको हो । हिमाली जिल्ला भएकोले अत्याधिक चिसो भएको कारणा पनि कोरोनाको स‌क्रमणको जोखिम रहेको चिकित्सकको भनाइ छ ।