माघ ७ गतेदेखि कोरोन बिरुद्धको खोप नलगाएका नागिरकले सरकारी सेवा लिन नपाउने ।

जैतुन अनलाइन | 2022-01-12

दुनै : कोरोना बिरुद्धको खोप नलगाएका नागिरकले सरकारी सेवा लिनबाट बञ्चित हुने भएका छन । माघ ७ गतेदेखी कोरोना बिरुद्धको खोख नलगाएका नागरिकलाइ सार्वजानिक स्थलमा प्रबेशमा समेत रोक लगाएपछि खोप नलगाएकाहरु सबै सेवा लिनबाट बञ्चित हुने भएका हुन । जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्ला कोभिड १९ ब्यवस्थापन समितिको बैठक बसाइ बिभिन्न निर्णय गरेकाे हो । समितिले कोभिड १९ बिरुद्धको खोप अभियानलाइ तिब्रता दिने,एनटिजिन परिक्षणको लागि जिल्लाको जुफाल बिमानस्थलमा,खदाङमा र जगदुल्लाको मौरेमा स्वास्थ्यको टोली राख्ने निर्णय गरेको छ । उक्त स्वास्थ्य शिबिरमा नागरिकले निशुल्क रुपमा एनटिजिन परिक्षण गराउन पाउने छन । कोभिड १९ को तेस्रो भेरियन्ट ओमीक्रोनको स‌क्रमण बढ्ने खतरा बढेसँगै सजग रहन जिल्ला कोभिड १९ ब्यवस्थापन समितिले तयारी थालेको समितिका  अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।

प्रजिअ अधिकारीका  अनुसार खोपबाट नागरिकलाइ नछुटाउन सबै स्थानीयतहसँग सहकार्य गरिने र भोली आउने समस्या र चुनाैतिको लागि पनि पहिले देखिनै सबै नागरिकले आ आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्ने बताए ।  कोभिड १९ ब्यवस्थापन समितिले तेस्रो भेरियन्ट बाट नागरिकलाइ जोगाउन र जिल्ला कोभिड मुक्त बनाउनको लागि बिभिन्न ७ वटा निर्णय गरेकाे छ । निर्णय सहित हेर्नुहोस