जगदुल्ला डोल्पा : डोल्पाको गजगदुल्ला गाउँपालिका १ हुरीकोटमा आगलागी हुदा एक जना गम्भीर घाइते भएका छन । जगदुल्ला १ हुरीकोटका ६० बर्षिय धावाटसी लामा लडेर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक निरन्जन थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार गाउँमाथिको लोङजिङ बनमा लागेको आगो निभाउन गएका लामालाइ ढुङ्गा लागेर लडेपछि टाउको सहित शरिरमा समेत चोट लागेको र अबस्था भने निकै गम्भीर रहेको बताए ।
आइतबार देखी लागेको आगो मँगलबार नेपाली सेना प्रहरी निकुञ्ज तथा स्थानीयहरु मिलेर निभाए तर बुधबार बिहान देखी पुन आगो नियन्त्रण बाहिर गयो फेरी निभाउन गाउले सबै गएकाे बेलामा मुढा र ढुङ्गा लागेर ६० बर्षका लामा घाईते भएकाे स्थानीय जगत रोकायाले जानकारी दिए । राेकाया भन्छन समयमा थप उपचार नभए लामाको ज्यान जाने खतरा छ तर कस्ले थप उपचारको लागि उद्धार गरिदिने ।
आगो नियन्त्रणका लागी निकुञ्ज नेपाली सेना प्रहरी र स्थानीयले नियमित प्रयास गरि रहेका छन । आगो कसरी कस्ले लगाएकाे हो भन्ने बारे कुनै जानकारी भने आएको छैन । हावा हुरिको कारण पनि आगो नियन्त्रण गर्न नसिकएको स्थानीयहरु बताउछन ।