काईके गाउँपालिकामा जिल्ला स्तरिय खेलकुद सफलतापूर्वक समपन्न । फुटवल माउण्टपुथा र भलिवल साइक्वारी क्लबलाइ

जैतुन अनलाइन | 2021-12-14

डोल्पा : काईके गाउँपालिकामा सञ्चालन भएको जिल्ला स्तरिय मैत्रिपूर्ण खेलकुद समपन्न भएको छ । म‌सिर १५ गतेदेखी काईके गाउँपालिकाको गुम्बातारामा सञ्चालन भएको जिल्ला स्तरीय खेलकुदमा भलिवल र फुटवल रहेका थिए । ठुलाे धनरासि रहेको खेलकुदमा फुटवलको उपाधि माउण्टपुथा यूवा क्लबले हात पारेकाे छ भने भलिवल तर्फ ठुलीभेरी नगरपालिका ५ काे साईक्वारी यूवा क्लबले हात पारेकाे छ ।

माउण्टपुथा यूवा क्लबले आयोजना गरेकाे ठुलाे धनरासि भएको जिल्ला स्तरिय खेलमा फुटवल तर्फ बिजेताले एक लाख १५ हजार नगद दाेस्रो हुनेले ५० हजार र तेस्राे हुनेले ३० हजार प्राप्त गरेका छन । त्यसैगरी भलिवल तर्फ पनि पहिलो हुनेले एक लाख १५ हजार दाेस्राे हुनेले ५० हजार र तेस्राे हुनेले ३० हजार प्राप्त गरेकाे आयोजक समितिका स‌योजक चन्द्र बुढाले जानकारी दिए । बुढाका अनुसार जिल्लाका बिभिन्न स्थानीयतहबाट खेलमा सहभागिता जनाउनुले खेल प्रतिको चासो निकै धेरै रहेकाे बताए ।

काईके गाउँपालिका वडा नं ३ गुम्बाताराको पाँचौ वार्षिक उत्सवको उपलक्ष्यमा  मङ्सिर १५ गतेदेखि २७ गते सम्म जिल्ला स्तरीय भलिबल र फुटबल प्रतियोगिता सञ्चालन गर्दा निकै शान्तिपूर्ण रूपमा भव्यताका साथ सम्पन्न गर्न गराउन सफल भएकाे आयोजकले दावी गरेकाे छ । खेल अवधीभर सहयोग गर्ने सबै प्रति धन्यबाद प्रकट गर्दै आयोजक समितिका स‌योजक चन्द्र बुढाले खुसि ब्यक्त गरे ।

शान्तिपूर्ण रूपले खेलखेलेर आफ्नो कला प्रदर्शन गरी हजारौं दर्शकको मन जित्न सफल सम्पूर्ण खेलाडीहरूलाई सफलताको कामनाका साथ स्वच्छ प्रतिस्पर्धाबाट विजय हुने टिमलाई र व्यक्तिगत रूपमा आफूभित्रको प्रतिभा देखाएर विशिष्ट खेलाडीमा पहिचान गर्न सफल सम्पूर्ण खेलाडीहरूलाई काईके गाँउपालिका परिवारले धन्यवाद प्रकट गरेको छ । कार्यक्रमको उद्धघाटन गाउँपालिका अध्यक्ष अ‌गदकुमार रानाले गरेका थिए भने समापन जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा लगायत काईके गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिले गरेका थिए । खेलले एक आपसमा सधभाव कायम हुने खेलाडीहरुको भनाइ रहेको छ ।