दुनै : दैनिक रुपमा कोरोनाको नया भेरियन्ट ओमिक्रोन बिश्वभर फैलिरहेकाे अबस्थामा डोल्पामा पनि पूर्व शतर्कताका तयारी गरिएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले सोमबार नेपालमा नया भेरियन्ट प्रबेश गरेसँगै राेकथामको पूर्व तयारी गरेकाे हाे । डिसिएमसिको बैठकले यहि पुस २० गतेदेखी डोल्पा जिल्लामा हवाइ तथा पैदलबाट भित्रिने र बाहिरिने सबै नागरिकलाइ अनिर्वाय रुपमा खोप कार्ड लागु हनेबारे सचेत गराएकाे प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।
प्रजिअ अधिकारीका अनुसार कोरोनाको नया भेरियन्ट ओमिक्रोनले नेपालमा समेत सक्रमण गरेकोले शहरका बाँके काठमाण्डौ सुर्खेत तथा अन्य बिभिन्न जिल्लाबाट नागरिक सिधा डोल्पा आउने भएकोले पिन जोखिम रहेको भन्दै पूर्व तथारी थालिएको बताए । डोल्पमा नेपालगञ्ज तथा काठमाण्डौबाट सिधा हवाइ मार्ग र अन्य जिल्लाबाट पैदलमार्ग भएर नागरिकहरु जिल्ला भित्रिने गरेका छन । भौगोलिक रुपमा ठुलो भएको कारण पनि सक्रमण फैलिएको अबस्थामा राेकथाममा निकै जोखिम हुनेहुदा पूर्व तयारीमा सबैले साथ दिएर आफु जाेगिएर अरुलाइ पनि जोगाउन नागरिकलाइ जिल्ला प्रशासनले डोल्पाले अनुरोध गरेको छ ।
यसका साथै जिल्लामा मास्क अनिवार्य सेनिटाइजर लगाउने भिडभाड नियन्त्रण तथा सामाजिक दुरी कायम गर्ने हात धुने र सरसफाइका कामलाइ निरन्तरता दिन सुरक्षाका मापदण्ड पूरा गर्न अनुराेध गरिएकाे छ । जिल्लामा खोप लगाउन छुटेका नागरिकलाइ तत्काल अनलाइन मार्फत भएपनि बिवरण परिबिष्ट गरी सबै स्थानीयतहमा पायक पर्ने ठाउमा राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेबिवका खटाइ खोप लगाउन समन्वय गर्न स्वास्थ्य सेवा कार्यालयलाइ निर्देशन दिइएकाे छ । ६ महिनाको लागि एक जना खोप कार्यकर्ता भर्ना गरि खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।
पूर्व तयारी गरीएपनि स्वास्थ्य सामाग्रीहरु प्रयाप्त मात्रामा नहुनु र जनशक्त्रि समेत अभाब भएकाे अबस्थामा काेराेनाकाे नया भेरियन्टले डोल्पाका नागरिकलाइ सँक्रमण गरि सकेको अबस्थामा भने उपचारमा सहजता भने नभएकाे एक चिकित्सकले बताए । उनि भन्छन हामीले पहिले नै धेरै भोगेका छौ अब झनै औषधि र जनशक्ति दुबै छैनन जोखिम धेरै नै हुनेछ । समयमा सबै निकायाले चासो नदिए नागरिक खोप लगाउनबाट समेत बञ्चित हुनेछन ।