डोल्पा : डोल्पामा ट्याक्टर दुरघटना हुदा दुइृजना घाईते भएका छन । जगदुल्ला गाउँपालिका ६ अन्तरगत पर्ने थुपलाक्ना भन्ने ठाउमा ट्याक्टर पल्टीदा दुइजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । जुम्लाबाट जगदुल्लाको लागि नेपाल टेलीकमको टावरको सामान ल्याएर आएको लु अ फ ९६४५ नम्बरको ट्याक्टर दुर्घटना हुदा ट्रलीमा सवार जगदुल्ला गाउँपालिका ६ बर्ष ३२ का सुर्य बिक र वडा नम्बर ३ बस्ने बर्ष कुम्म बिक घाईते भएको प्रहरी नायव उपरिक्षक निरन्जन थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार घाईते दुबैजनाकाे रिमी स्वास्थ्य चौकीमा उपचार पश्चात अबस्था सामान्य भएकोले घर पठाइ सकिएको बताए । चालक भने जुम्ला तातोपानी गाउँपालिका ५ का गोकर्ण डाँगीले चालएका थिए । चालकको लापरवाहीले दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।