दुनै : बधशालाबाट बाख्रा काटेर खसि भनि मासु बेच्ने एक जना पक्राउ परेका छन । रातीराती बाख्रा काटेर मासु बेच्ने प्रहरीको फन्दामा परेका हुन। डोल्पा सदरमुकाम दुनै बजारको द्धारीका बधशालामा रुकुमका भिमबहादुर बिष्टले बाख्राको मासु बेचि रहेको अबस्थामा शुक्रबार पक्राउ गरेको हो । द्धारीका बधशालामा बाख्रा काटेर खसिको भनेर बिक्री गरी रहेको सुचनाका आधारमा प्रहरीले छापा मारेपछि बाख्राको १६ केजी मासु सहित बिष्टलाइ नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक निरन्जन थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार रुकुम पश्चिम आठबिसकोट नगरपालिका ३ बर्ष ३५ का भिमबहादुर बिष्टलाइ बाख्राको मासु सहित नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको बताए । दैनिक सयौँ केजि मासु खपत हुने दुनैमा मासुको माग बढ्दो भएको मौका छोपी बिष्टले राति कसैले नदेख्ने गरि बाख्रा काटेर बिक्री गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । उपभोक्ताको हित बिपरीत काम गरेकोले कानुनी कारवाही हुने र अरु पनि सचेत हुने डिएसपी थापाले बताए । दुनै बजार भर हाल एक मात्रै बधशाला चलि रहेको छ । बरामद मासु जिल्ला प्रशासनको रोहबरमा खाडलमा पूरीएको छ । यसरी बाख्राको मासु बिक्री भने बधशालाबाट पहिले पनि भएको थियो । उधाेग बाणिज्यले पनि अनुगमन नगर्ने र पशु सेवा कार्यालयले पनि वास्ता नगरेपछि बधशालामा बाख्रा समेत कसैले नदेख्नेगरी काटेर बिक्रि गर्ने गरिएक हाे ।