डोल्पा : नेपाल कम्यूनिष्ट पार्टी डोल्पाका सदस्य सेराप (ईन्द्र राेकाया)लाइ पार्टीबाट निस्कासन गरिएको छ । जिल्ला समिति डोल्पाले एक बिज्ञप्ती जारी गर्दै उनि पार्टीक निति र आन्दोलनको बिरोधी गतिबिधिमा हाबी भएको र पटक पटक उनलाइ सच्चीन मौका दिदा समेत झनै अराजक गतिबिधिमा सलग्न भएकाेले पार्टीको कुनैपनि पद तथा जिम्मेवारीमा नरहने गरि निस्कासन गरिएको जिल्ला समिति डोल्पाले बिज्ञप्तीमा उल्लेख गरेको छ ।
नेकपा डोल्पाका सेक्रेटरी धमिलद्धारा जारी बिज्ञप्तीमा भनिएको छ सेराप (ईन्द्र राेकाया) डोल्पाको सेक्रेटरी रहेकै बेलमा उनीले पार्टीकाे नाममा अनेकन गलत तरिकाले आर्थिक अराजकता गरेको र पार्टीमा छलफलमा बोलाउदा राजिनामा लेखेका थिए । पटक पटक बैठकमा उपस्थित हुन र स्पष्टीकरण दिन आग्रह गरेपनि सेरापले पार्टीलाइ टेरेनन । नेकपाको नाममा बिभिन्न डर धम्की दिने चन्दा असुली गर्ने र आर्थिक अराजकता सहित पार्टीका बिरुद्ध लागी अरुलाइ उस्काउने काम गरेकाले जिल्ला समितिले फेरी पनि स्पष्ट पार्न अनुराेध गरि लिखित जवाफ माग्दा समेत बयवास्ता गरी झनै अराजक भएपछि उनलाइ नेकपाको कुनैपनि पद तथा जिम्मेवारीमा नरहनेगरी निस्कासन गरिएको जारी बिज्ञप्ती उल्लेख गरिएको छ ।
जनताकाे हित अधिकार बैज्ञानीक समाजबादको लक्ष्यमा पार्टी जनतासँगै जादै गरेकाे बेलामा पार्टीको नाममा अराजक क्रियाकलापमा सक्रिय हुनुले सेराप (ईन्द्र राेकाया) नेकपाको एक कार्यकर्ता नहुने र अझैपनि जनताकहाँ उनले त्यस्ता क्रियाकलाप गरेमा नेकपा जिम्मेवार नरहेको र डर धम्कीमा नरहन नेकपा डोल्पाले आग्रह गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी माथी लागेको प्रतिब्नध हट्नु भन्दा पहिला नै उनि पार्टीको निति बिपरीत काम गरिरहेका थिए ।