डाेल्पा काङ्ग्रेस शाहीको नेतृत्वमा अधिकाँश पदमा यूवाहरु निर्वाचित

जैतुन अनलाइन | 2021-11-24

दुनै : नेपाली काङ्ग्रेस डाेल्पाकाे सभापतिमा दिपेन्द्र बहादुर शाही निर्वाचित भएकाछन् । शाहीले कुल मतको  २ सय ३७ मत ल्याएर बिजयी भएकाहुन् । तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै शाही १४ औँ जिल्ला अधिबेशनबाट सभापतिमा बिजयी भएकाहुन् । उनका निकटतम प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याएका छन् ।अर्का उम्मेदवार गा‌ैरीशंकर उपाध्यायले २३ मत र दूध कुमारी हमालले ११ मत प्राप्त गरेकाछन्। दुई सिट रहेकाे उप-सभापतिमा २ सय ४४ मत सहित पुर्ण शाही बिजयी भएकाछन् ।लब कुमार शाही पनि २ सय १० मत ल्याएर बिजयी भएकाछन् । उप-सभापतिका उम्मेदवार श्याम राेकायले २ सय मत ल्याएर पराजित भएकाछन् । त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मत बहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ राेकाय बिजय भएकाछन् । प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर राेकायले ८८ मत ल्याएर पराजित भएकाछन् ।

सह-सचिवमा लक्ष्मण बहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर बिजयी भएकाछन् । सह-सचिवका उम्मेदवार दिल कुमार राेकायले १ सय ५० मत ल्याएर पराजित भएकाछन् । जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही,बुढा,उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए । शाहीलाई उम्मेदवार भएपनि हमालकाे आन्दोलनको आन्तरिक समर्थन रहेकाे बताइन्छ। त्यतिमात्र नभई केन्द्रिय सदस्य कर्ण बुढाकाे सेटिङमा शाही चुनाव लडेकाे र उनैलाई समर्थन गरेका स्राेतले जनाएको छ । बुढाले प्यानलमा रहेर सभापतिकाे उम्मेदवार बनेका काङ्ग्रेस नेता उपाध्यायलाई गम्भीर धाेका दिएकाे आराेप समेत लागेकाे छ । नव निर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् । अहिलेसम्मकाे डाेल्पा काङ्ग्रेसकाे सैद्धान्तिक राजनीतिक नेतृत्व अब निर्माण व्यवसायीकाे हातमा गएकाे बताइएको छ । शाहीकाे केही दिन अघिसम्ममात्र पनि सभापतिमा लड्ने कुनै संकेत नभएपनि एकाएक सभापतिमा मनाेनयन दर्ता गरेपछि नेता कार्यकर्ता चकित परेका थिए ।