दुनै : नेकपा माओवादी (केन्द्र) निकट भातृ सगठन प्रेस सेन्टर नेपाल डोल्पाको अध्यक्षमा रामचन्द्र न्यौपाने सर्वसम्मत चयन भएका छन । डोल्पामा पहिलो पटक प्रेस सेन्टरको गडन सँगै भएको पहिलो अधिबेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यि जिल्ला समिति गठन भएको हो । जिल्लाका ८ वटै स्थानीय तहबाट जाती धर्म लिङग सबै समेटेर जिल्ला समिति निर्माण भएको नवनिर्वाचित अध्यक्ष रामचन्द्र न्यौपानेले जानकारी दिए ।
पार्टीको भातृ सगठन भएपनि कलमले भने पार्टीको कार्यकर्ता भन्दा माथि र समान रुपले चलाउनेका बिश्वस्त हुन अध्यक्ष न्यौपानेले आग्रह गरे । जिल्लमा पत्रकारहरुको सख्या कम भएको र प्रेस सेन्टर नेपालले कलम चलाउनेको सख्या पनि बढाउदै लैजाने लक्ष्य रहेको बताए । प्रेस सेन्टर नेपाल डोल्पाको पहिलो अधिबेशनबाट अध्यक्षमा न्यौपाने सहित उपाध्यक्ष दिर्घबहादुर शाही , मङ्गला बुढा ,सचिवमा विर्खबहादुर राेकाय , सहसचिव लक्ष्मण देवकाेटा ,धनराशि विक र काेषाध्यक्ष प्रेमा गुरुङ लगाएत २१ सदस्यीय जिल्ला समिति गठन भएको नेकपा माओवादी केन्द्र डोल्पाले जानकारी दिएको छ ।
जनयुद्ध कालका दुई पत्रकार सम्मान समेत गरेको थियो । जनयुद्धका बेलमा पनि डोल्पा जस्तो ठाउबाट पार्टीमा रहेर हरेक सुचना जनता सामु पुर्याउने पत्रकार हरिभक्त बुढा, दिर्घराज शाही लाई सम्मान गरेको हाे । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश सयोजक धुर्वविक्रम बुढाथीको र केन्द्रीय प्रतिनिधि हेमन्त केसिको सयोजकत्वमा जिल्लाका पार्टी अध्यक्ष नेताहरुको बिचमा प्रेस सेन्टर नेपालकाे पहिलो भेला सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिए ।