दुनै : माओबाेदी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक माथिल्लो डोल्पा पुगेका छन । नेपाली सेनाको हेलिकप्टरबाट माथिल्लो डोल्पाको बिभिन्न ठाँउमा पुगेर अन्य पार्टिका कार्यकर्ता र जनप्रतिनिधिहरु समेत आफ्नो पार्टीमा प्रबेश गराएका छन । सदरमुकामबाट माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाँउपालिकाको धो उपत्यकामा भएक एक कार्यक्रममा माओबादी प्रबेश गरेका हुन ।
डाेल्पाेबुद्व गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीन वडा अध्यक्ष माआेवादी केन्द्रमा प्रवेश,प्रचण्ड,जनार्दन,शक्ति लगायतका नेताले गरे स्वागत थिए । माथिल्डाेलो डोल्पा अन्तर्गत पर्ने डाेल्पाे बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीनवटा वडा अध्यक्ष माआेवादी केन्द्रमा प्रवेश गरेकाछन् । बुधवार एक कार्यक्रमका बिच माअाेबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,अर्थमन्त्री जनार्दन शर्मा,पुर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडीले जनप्रतिनिधि सहित दुई दर्जन धेरै युवालाइ पार्टीमा स्वागत गरेका थिए ।
माअाेबादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष क्याल्पाे थापा भाेटे,वडा नं २ का अध्यक्ष छाेईक्याप भाेटे,वडा नं ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेकाछन् । जनप्रतिनिधि सँगै दुईदर्जन धेरै स्थानीय युवाहरु समेत माअाेबादी केन्द्रमा प्रवेश गरेकाे बताइएको छ । प्रचण्ड सहितकाे माअाेबादी केन्द्रका नेताहरु सेनाकाे एम.आई 17 हेलिकप्टरमा उपल्लो डाेल्पा पुगेका थिए । प्रवेश गरेका जनप्रतिनिधिहरुले ६ बुद्धे माग पत्र समेत केन्द्रीय नेता समक्ष पेश गरेका थिए । नेकपा एमाले र केहि स्वतन्त्त निर्वाचित जनप्रतिनिधि समेत माओबादी केन्द्रमा प्रबेश गरेपछि माथिल्लो डोल्पाको राजनितिक माहाेल भने परिवर्तन भएको छ । चिनको सिमा क्षेत्रमा पर्ने धो उपत्यकामा सुख्खा बन्दरगाहा निर्माणको लागी स्थलगत नुगमन गर्ने लक्ष्य सहित माथिल्लो डोल्पा पुगेका अर्थ मन्त्री जनार्दन शर्मा सहित माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भोटवासीको मन जित्दै अन्य पार्टीबाट आफन्ो पार्टीमा प्रबेश गराएका हुन । बिहिबार सदरमुकाममा कार्यकर्ता भेटघाट हुने कार्यक्रम रहेको बुधबार राती फोक्सुण्डो तालमा बस्ने माओबादी केन्द्र डोल्पाले जानकारी दिएको छ ।