दुनै : डोल्पामा जिप दुर्घटना भएको छ । दुनैबाट सूपानी जादै गरेको भे १ च ९७५ नम्बरको जिप दुर्घटना हुदा एकजना घाइते भएका छन । फोक्सुण्डो घुमेर घर फर्किने ८ जना यात्रु दुनैबाट लिएर गएको जिप दिउसो ३ बजेतिर ठुलीभेरी नगरपालिका ९ अन्तरगत पर्ने भेत्ती भन्ने ठाउँमा सड्कबाट १५ मिटर तल खस्दा ३ जना गम्भीर घाइते र अन्य ६ जना यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको मुखमा,टाउकोमा र एकजनाको हातमा चोट लागेकोले एम्बुलेन्सबाट उपचारको लागि जिल्ला अस्पताल ल्याइएको छ । अन्यको अबस्था सामान्य रहेको भएपनि फोक्सुण्डो घुमेर फकिएको पर्यटक भएकाले सबै दुनैमा फर्किएको प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार जिपोको स्टेरिङ फेल भएर जिप दुर्घटना बताए ।
घाइते हुनेमा मकावनपूर जिल्ला हेटौडा ९ निवासी ३८ बर्षको बिष्णु श्रेष्टको मुखमा चोट लागेर गम्भीर घाइते भएका छन । उनिसँगै बर्ष ३८ कै असोक सारु मगरको टाउकोमा चोट लागेको छ भने बर्ष २२ का बुद्धबिर लामो हातमा चोट लागेर गम्भीर घाइते भएको प्रहरी जानकारी दिएइको छ ।
त्यसैगरी ३९ बर्षका सुरेश श्रेष्ट,३८ बर्षका रमेश गौतम बर्ष ३६ का शुसिलराज गिरी,बर्ष ३१ का जिवन शर्मा,बर्ष ३८ का किरण अधिकारी शरिरको बिभिन्न अँगमा चोट लागेर सामान्य घाइते भएको छन । २० बर्षिय चालक जुनकोश शाही पनि सामान्य घाइते भएका छन ।