४४ बर्षपछि अत्याधुनिक बैंकिङ् सेवा सुरु गर्दै कृषि बिकास बैँङ्क

जैतुन अनलाइन | 2021-09-20

दुनै :  सदरमुकाम दुनैमा रहेको कृषि विकास बैंकको उपशाखाले स्थापना भएको ४४ बर्षपछि अत्याधुनिक बैंकिङ् सेवा सुरु गरेको छ ।
सोमबार देखि जिल्लामा शाखा रहेका अन्य सरकारी तथा निजि बैंकहरुले दिइरहेको बैंकिङ् सेवा सरह कृषि विकास बैंकले पनि सेवा सुरु गरेको हो ।
निरन्तरको प्रयासले आजबाट कृषि विकास बैंकले निक्षेप संकलन,मोवाइल बैंकिङ्,ईन्टरनेट बैंकिङ्,एस.एम.एस सेवा, ए.टि.एम, डेभिड कार्ड,किसान कार्ड,डिम्याट,रेमिट लगायतका सम्पुर्ण बैंकिङ् सेवा दिन सुरु गरिएको शाखा प्रवन्धक जनकराज रेग्मीले जानकारी दिए ।
अब कृषि विकास बैंकले पनि जिल्लामा रहेका अन्य बैंक सरह सम्पुर्ण सेवा सुविधा दिने भएकाले एक पटक सेवा गर्ने मौका दिन सम्पुर्ण डोल्पाली नागरिकलाई प्रवन्धक रेग्मीले आग्रह गरे ।
त्यतिमात्र नभई आज देखि सम्पुर्ण बैंकिङ् सेवाहरु घरमै बसिबसि अनलाईन माध्यामबाट पनि लिन सकिने बैंकले जनाएको छ ।
विस २०३४ सालमा स्थापना भएको डोल्पा शाखामा अहिले दुई सय साठी भन्दा धेरै ग्राहकहरु जोडिएकाछन् भने साडे नौ करोड कर्जा लगानी भएको छ ।