ठुलिभेरीको केन्द्र जुफाल राख्ने पक्षमा ४३ जनप्रतिनिधिको हस्ताक्षर

जैतुन अनलाइन | 2021-09-20

दुनै :  डोल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफालनै कायम हुनुपर्छ भन्ने पक्षमा ४३ जनप्रतिनिधिले हस्ताक्षर गरेकाछन् ।आठौ नगरसभामा उपस्थित ४९ जनप्रतिनिधि मध्ये ४३ जना जनप्रतिनिधिले जुफालनै केन्द्र कायम गर्न सहमति जनाउँदै पक्षमा हस्तारक्षर गरेकाहुन् । जसमध्ये छ जना प्रतिनिधिले विपक्षमा हस्ताक्षर गरे भने दुई जना जनप्रतिनिधि अनुपस्थित भए ।
यससँगै दुई तिहाई भन्दा पनि धेरै जनप्रतिनिधिहरुले नगरपालिकाको केन्द्र जुफालनै कायम हुनुपर्छ भन्नेमा हस्ताक्षर सहित सहमति जनाएपछि यस बर्षनै नगरपालिको प्रशासकिय भवन बनाउन सुरु गरिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत डिलप्रसाद रोकायले जानकारी दिए ।
जुफालका स्थानीयले नगरको प्रशासकिय भवन निर्माणकालागि निशुल्क जग्गा उपलब्ध गराएपनि दुनैका स्थानीयले मालपोत कार्यालयमा जान अवरोध गरेकाले पासहुन नसकेको रोकायको भनाई छ ।
प्रथम नगर सभा देखिनै नगर प्रमुख गणेश बहादुर शाहीलालई जालसाँची गरि नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको आरोप लागेको छ । आठौ नगरसभाबाट दुई तिहाई भन्दा धेरै जनप्रतिनिधिले जुफाल केन्द्र कायम गर्न सहमति जनाएपछि मेयर माथि लागेको जालसाँचीको आरोप झुट सावित भएको जुफालका स्थानीयको बुझाई छ । केन्द्र विवादकै बिषयलाई लिएर दुनैका स्थानीयले यस अघि नै सर्वोच्च अदालतमा मा मुद्धा दायर गरेकाछन् ।तर,मुद्धा भने किनारा लाग्न सकेको छैन् ।