दुनै : जिल्लामै पहिलो पटक ठूलोधनराशीको भलिवल प्रतियोगिता भएको छ ।ठूलिभेरी नगरपालिका–८ वडा कार्यालय जुफालको आयोजनामा जुफालमा भएको पुरुषस्तरीय वडाअध्यक्ष कप भलिवलको शनिवार भएको फाईनल खेलको पहिलो विजयीता जुफाल युथक्लब भएको छ ।फुल्चिङ युथक्लबलाई हराउदै जुफाल युथक्लब पहिलो विजयीता बनेको हो ।जिल्लाको इतिहासमै पहिलो पटक ठूलो धनराशीको पुरस्कार राखिएको पुरुषस्तरीय भलिबल खेलको पहिलो विजयीता भएको जुफाल युथक्लबले ट्रफि सहित १ लाख १५ हजार रुपैया धनराशीको पुरस्कार हात पारेको छ ।त्यसैगरी दोस्रो विजयीता फुल्चिङ युथक्लबले ट्रफिसहित ७५ हजार जितेको छ ।यसैगरी मुड्केचुला युथक्लब तेस्रो विजयीता बनेसंगै उसले ५० हजार पुरस्कार पाएको छ ।शनिवार जुफाल युथक्लब र फुल्चिङ युथक्लब बीच कडा प्रतिस्पर्धामा फाइनल खेल भएको थियो ।आयोजक टिम जुफालले भने सान्त्वनामा चित्त बुझाउनु परेको छ ।वडाअध्यक्ष कप पुरुषस्तरीय भलिखेलमा विभिन्न स्थानीय तहका १३ ओटा टिमले सहभागिता जनाएका थिए ।वडाअध्यक्ष हरिप्रसाद डाँगीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव चलाउने ठूलीभेरी नगरपालिकाका उपमेयर योगेन्द्र बहादुर शाहीले विजयी टिमहरुलाई पुरस्कार वितरण गरेका थिए । खेलमा पहिलो हुनेलाई १ लाख १५ हजार दोस्रो हुनेलाई ७५ हजार र तेस्रो स्थानमा आउनेलाई ५० हजार रुपैया पुस्कार र ट्रफिको ब्यवस्था गरिएको थियो ।