olux

मोबाईल सेवामा जोडिदै माथिल्लो डोल्पा फेरी जोडियो पोम्जोक डाँडामा टावर

जैतुन अनलाइन | 2021-09-12

दुनै : पछिल्लो समय सञ्चारको पहुचमा माथिल्लो डोल्पा जोडिन थालेको छ । भौगोलिक रुपमा निकै ठुलो क्षेत्रफल रहेको माथिल्लो डोल्पामा  नागरिकले मोवाइलमा कुरा गर्न पाउदा दङ्ग छन । आइतबार मात्रै शे–फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर १ र आसपासका गाउँका साथै डोल्पोबुद्ध गाउँपालिकाको वडा नम्बर ६ का नागरिक नमस्ते मोवाइले सेवाको पहुचमा जोडीएका छन ।

शे–फोक्सुण्डो गाउँपालिकाको करिब दश लाख र डोल्पोबुद्ध गाउँपालिकाको केहि बजेटले हेलीकप्टरबाट सामान ढुवानी गरी नेपाल टेलीकमको नमस्ते टावर सञ्चालनमा आएको हाे । कोमास साल्दाङ् र तिन्जे सिमेन गाउँकाे बिच सिमामा पर्ने पोम्जोक लेखमा नमस्ते मोवाइल टावर राखेर मोवाइल सेवालिन पाउदा भोटवासी दङ्ग परेको शे–फोक्सुण्डो गाउँपालिका १ का अधयक्ष जिग्मे लामाले जानकारी दिए । लामाले भने देशबाट सञ्चार क्षेत्रमा दुर रहेको भोटक्षेत्रमा सञ्चारे मात्रै जोड्ने रहेछ घरमै बसेर देश बिदेशमा रहेका  आफन्तीसँग कुरा गरी दुख सुख साट्न पाउदा नागरिकसँग खुसीकाे कुनै सिमा छैन ।

यस भन्दा पहिला साल्दाङ्गमा टावर भएपनि यि गाउँहरु सञ्चारको पहुचबाट बञ्चित रहेका थिए । अब माथिल्लो डोल्पाको करिब ८० प्रतिशत गाउँ बस्तिहरु नमस्तेको मोवाइल सेवामा जोडिएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टासिटुण्डुप गूरुङ्गले दावी गरे । उनका अनुसार अब  ति बाँकी रहेका गाउँबस्तीहरुमा पनि सञ्चारको पहुच पुर्याउने तयारी रहेको जानकारी दिए । सञ्चारको पहुचमा नागरिकलाइ जोड्न पूर्वराज्य मन्त्री धनबहादुर बुढा र सञ्चारमन्त्री गोकुल बास्कोटाले समेत अतुलनिय भुमिका खेलेकोले भोटवासीले धन्याबाद दिएको समेत दावी अध्यक्ष गूरुङ्गले गरे ।

कुन्खेन डोल्पो सा‌गे रिन्पोछेको आठौँ अवतारी ताक्ल छेवाङ् रिन्पोछेको प्रमुख अतिथ्यमा स्थानीय सरकारका प्रमुखहरुको उपस्थितिमा पोम्जोक डाँडामा नमस्ते मोवाइल टावर जडान गरिएको हो । यो टावरबाट शे गुम्बा सम्म मानिसले सेवा लिन सक्नेछन भने सञ्चारमा जोडीएसँगै भोटवासीका खुसी हरेक गाउँगाँउमा  साटिनेछन । स‌घियतापछि मात्रै माथिल्लो डोल्पा मोवाइल सेवामा  जोडीएको हो । स्थानीय सरकारले सबैभन्दा धेरै प्राथमिकता सञ्चार शिक्षा र सड्कलाइ दिएको पाईन्छ ।

मोवाइल टावर पाएपछि स्थानीयले लामा गूरुबाट पुजापाठ गरेर हर्स उल्लास साथ खुसी साटेका छन । शे–फोक्सुण्डो गाउँपालिका अध्यक्ष टासिटुण्डुप गूरुङ्ग डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्ष मलमटसी गूरुङ्ग वडा अध्यक्षहरु र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । सञ्चारले भोट क्षेत्रको खुसि बढाएको भने पक्कै हो ।