डोल्पामा ४१ जनाले गरे एकिकृत समाजबादीमा हस्ताक्षर

जैतुन अनलाइन | 2021-09-06

दुनै :  डोल्पामा एमाले छोडेर ४१ जनाले समाजबादीमा हस्ताक्षर गरेका छन । नेकपा एमाले परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीमा जिल्लामा ४१ जनाले सामुहिक रुपमा जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका हुन । कर्णाली प्रदेश उद्योग,पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिँह बुढाको नेतृत्वमा स्थानीयतहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गरेका छन ।
हस्ताक्षर गर्नेमा सबैभन्दा धेरै ठुलिभेरी नगरपालिकाका जनप्रतिनिधि रहेका छन । ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही सहित ८ वटा वडाध्यक्ष चार जना जिल्ला समन्वय समितिका सदस्य १० जना वडा सदस्य मिहला सदस्य ७ जना दलित महिला सदस्य ६ जना र कार्यपालिका सदस्य ५ गरि जम्मा ४१ जनाले हस्ताक्षर गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामकुमार राइले  जानकारी दिए । जनप्रतिनिधि र कार्यकर्ता सहित नाराजुलुस गर्दै जिल्ला निर्वाचनमा पुगेका जनप्रतिनिधिहरुले पहिलो पटक नयापार्टीमा हस्ताक्षर गरेकोमा रमाई रहेका थिए । नेकपा एमालेका नेतृत्वले धोका दिएकोले सामाजबादी रोज्नु परेको नगरप्रमुख गणेशबहादुर शाहीले दावी गरे ।


जिल्ला निर्वाचन कार्यालयमा समाजबादीमा हस्ताक्षर गर्नेमा ठुलिभेरी नगरपालिकाका ३६ जना जगदुल्ला गाउँपालिकाका ३ जना मुड्केचुला गाउँपालिकाका १ जना र त्रिपूरा सुन्दरी नगरपालिकाका १ जना रहेकाे जिल्ला निर्वाचन कार्यालय डोल्पाका निमित्त निर्वाचन अधिकारी श्यामकुमार राइले जानकारी दिए ।  जिल्लामा कार्यकर्ताको पनि उत्साह रहेको र जनप्रतिनिधि पनि २२ गते सम्म थप हुनेमा बिश्वस्त रहेको उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिँह बुढाले बताए । मन्त्री बुढाले भने जिल्लामा हामी ठुलो पार्टी हौ कार्यालय स्थापना सँगै सँगठन बिस्तार हुन्छ जनताले समाजबादी लाइ नै बिश्वास गरेको जिकिर गरे । मन्त्री बुढा मौसममा आएको खरावीले जहजा नउडेको भन्दै हेलीकप्टर चार्टर गरि पार्टीको कार्यक्रममा सहभागिहुन डोल्पा पुगेका हुन ।  समाजबादीमा ठुलिभेरी नगरपालिका बाहेक अन्य स्थानीयतहका केहि वडाका जनप्रतिनिधिहरुले भने हस्ताक्षर गरेका छन । केन्द्रीय सदस्य धनबहादुर बुढा समेत आफनो पार्टीमा रहेकोले समाजबादी ठुलो पार्टी रहेको नेताहरुको ठोकुवा छ ।