डोल्पामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला कर्णालीमा सबैभन्दा एमाले बलियो डोल्पामा रहेको नेताहरुको दावी (फोटोफिचर)

जैतुन अनलाइन | 2021-09-05

दुनै : नेकपा एमालेका केन्द्रिय सदस्य तथा विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले ओली नेतृत्वको सरकार ढाल्ने काममा नेपालका मिडियाले ठूलो भूमिका खेलेको आरोप लगाएका छन ।दुई तिहाईको नजिकमा रहेको कम्युनिष्टको सरकारले राम्रा काम गर्दा गर्दै पनि नकरात्मक प्रचारवाजी गरेर सरकार ढाल्ने काममा सहयोगी भूमिका खेलेको बताएका हुन ।डोल्पा जिल्लाका ईन्चार्ज समेत रहेका रिजालले जिल्ला सदरमुकाम दुनैमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा पार्टी भित्र बैचारिक असहमती लाई धैर्यतापुर्वक लिन नसकेर पार्टी विखण्डन गरेर आफै चोइटिएर नयाँ दल दर्ता गरेर माधवकुमार नेपालले गलत काम गरेको आरोप रिजालले लगाए ।

नेकपा माओवादी र नेकपा एमाले एकीकृत पछि पार्टी ठूलोदल बनेर एकल सरकारको नेतृत्व गरेको एक वर्षपछि नै माधव कुमारनेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)ले नेतृत्वको लागि विभिन्न हथकण्डा झिकेर सरकारलाई कामै गर्न नदिएको अवस्थामा नेपालका मिडियाले पनि असहयोग गरेर सरकार ढाल्ने काम गरेको केन्द्रिय सदस्य रिजाले आरोप लगाए ।नेपालको राजनीतिक दल सम्बन्धि विधेकमा नयाँ दल खोल्नको लागि ४० प्रतिशतको व्यवस्था प्रावधान हुदा हुदै पनि केहि ब्यक्तिहरुको अध्यक्ष बन्ने आकाँक्षालाई पुरा गर्ने र नेकपालाई कमजोर बनाउने गरि देउवा सरकारले २० प्रतिशतको ब्यवस्था गरेर अध्यादेश ल्याएको उनको भनाई थियो ।देशमा नेपाली काँग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वित्तिकै अशोभनिय काम गर्ने गरेको र देउवाले ल्याएको अध्यादेश नेकाको महाधिबेशन पछि उनैको लागि गलपासो बन्ने दावी समेत नेता रिजालले गरे ।नेकपा एमालेले जहिले पनि राष्ट्रियता र जनजीविकाका सवाललाई प्रमुख मुद्दाको रुपमा उठाएर काम गर्ने गरेको बताउदै केहि ब्यक्तिगत कुण्ठा असहमति र महत्वकाँक्षी आकाँक्षलाई महाधिबेशन सम्म धैर्यता दिन नसकेर वाटो विराएर नयाँ दल खोलेपनि केहि समय पछि उहाँहरुको लागि आश्रय स्थल नेकपा एमाले वाहेक अरु कोही नहुने नेता रिजालको भनाई थियो ।

मिडियाले नै ओली नेतत्वको सरकार ढाल्ने काम गरे–नेता रिजालको आरोप

नेकपावाट निर्वाचित संघीय सासंद धनबहादुर बुढा केहि आन्तरिक ब्यक्तिगत समस्याले अनेत्र गएपनि नेकपा एमालेमै फर्कने र उनको पहिलेकै ससम्मान स्थान रहेकोले छिटोभन्दा छिटो निर्वाचन अगाडि मुल घरमै फर्कन आग्रह गरेका छन ।नेकपा एमाले निकट अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सासंद बदमीक्वारी बुढाले संघीय सासंद धनबहादुर बुढा र प्रदेश सासंद नन्दसिं बुढालाई इंकित गर्दै ब्यक्तिगत स्वार्थ र समस्याबाट नेकपा छाडेर संकट परेको अवस्थामा घरलाई आगो झोस्ने काम गरेको आरोप लगाईन ।पार्टी नै जीवन भएकाले सबैको राम्रो र हाम्रो पार्टी नै एमाले भएकाले पैसाले गर्ने राजनीतिको अन्त्य गर्न आवश्यक रहेको सासंद बुढाले बताईन ।डोल्पामा नेकपा एमाले अहिले पनि सबैभन्दा ठूलो दल रहेको र केहि ब्यक्तिहरुले छाड्दैमा पार्टी कमजोर नहुने बताउदै सांगठनिक विस्तारमा लाग्न सबै कार्यकर्तालाई आग्रह गरेकी छन ।

भेलालाई सम्बोधन गर्ने क्रममा जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख शेरबहादुर बुढा नरबहादुर बुढा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका नेता रुपलाल बोहरा मुड्चुला गापाका इन्चार्ज लंकबहादुर रोकायाले ठूलिभेरीका जनप्रतिनिधिहरुले भेलामा आउने कार्यकर्तालाई बीच बाटोमा छेकेर अवरोध गर्ने रकमा बार्गेनिङ्ग गर्ने काम गरिरहेको आरोप लगाए ।यसै गरी ठूलिभेरीका मेयर गणेशबहादुर शाही र कर्णाली प्रदेश सासंद नन्दसिं बुढाले विकासे योजनाको नाममा भरष्ट्रचार गरी जिल्लालाई नै गन्याउने काम गरेको र उनीहरुको वडा सदस्य पनि जित्ने हैसियत नभएको बताए ।ठूलिभेरीका केहि भरष्ट जनप्रतिनिधिहरु बाहेक ७ ओटा स्थानीय तहका कार्यकर्ता जनप्रतिनिधि नेकपा एमालेमै रहेको र बहुमत कार्यकर्ता भेलामा सहभागि रहेको दावी उनहरुले गरेका छन ।भेलामा भाग लिन विकट वस्तीहरुवाट समेत एमालेका जिल्लास्तरका नेता कार्यकर्ता आएका छन ।