डोल्पामा दुई समुह बिच झगडा हुदा महिला घाइते हेलीकप्टरबाट उद्धार

जैतुन अनलाइन | 2021-09-05

दुनै : डोल्पामा दुई समुह बिच झगडा हुदा एक जना महिला गम्भीर घाइते भएकी छिन । छार्काताङसोङ गाउँपालिकामा ४ कागकोटमा दुई समुह बिच जगडा भएपछि महिला घाइते भएकी हुन ।भागाभाग गर्ने क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार गुम्बाको पुजा एक समुहले पहिला गरेको भन्दै अर्को समुहले झगडाको सूरुवात गरेको र सोहि क्रममा भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएको बताए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते पेमा छुजुङ रोकायालाइ फिष्टेल यएरको हेलीकप्टरबाट जिल्ला अस्पतालमा ल्याइ उपचार गराएपनि टाउकोमा गम्भीर चोट भएकोले काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पतालका डाक्टर प्रशन्न कार्कीले जानकारी दिए ।डाक्टरका कार्कीका अनुसार जम्मा घाइते ४ जना रहेको र एक जनाको अबस्था गम्भीर हरको अन्य तिनजनाको उपचार जिल्लामा हुने बताए । एक जना गर्भवती समेत रहेको भएपनि उनको अबस्था सामान्य छ एक जनालाइ भने टाउकोको चोटले थप उपचारको लागि बाहिर लानुपर्छ डाक्टर कार्कीले भने ।
झगडा शनिबार भएको थियो तर घटना बारे थप जानकारी लिन खोज्दा पिडक र पिडित दुबै पक्षसँग सम्पर्क भने हुन सकेन । यो सहित झण्डै आधा दर्जन बराबर यसरी नै दुई समुह बिच झगडा भई घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । सामान्य कुरालाइ राजनितिक एजेन्डा बनाइ झगडा हुने गरेको धेरैको ठम्याइ रहेको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।